पोषणमा सुधार ल्याउन कुखुरा वितरण
दाङ– दाङका ९० जना नमुना किसानलाई उन्नत कुखुराका चल्ला वितरण सुरु गरिएको छ । जिल्लामा सञ्चालित सु–आहारा कार्यक्रमअन्तर्गत गर्भवती महिला र दुई वर्षमुनिका बालबालिकाको पोषणमा सुधार ल्याउन कुखुरा वितरण गर्न थालिएको हो ।
कोइलावास, राजपुर र वेला गाविसका २७ जना किसानलाई प्रतिकिसान १० वटा कुखुरा प्रदान गरिएको सु–आहारा कार्यक्रमका जिल्ला कृषि अधिकृत नवीन श्रेष्ठले जानकारी दिए। जिल्लाका कोइलावास, राजपुर, वेला, डुरुवा, फूलबारी, सैघा, स्यूजा, काभ्रे, लुहारपानी र हाँसीपुर गाविसका किसानलाई न्यू हेम्पसायर, ब्ल्याक अस्ट्रलोर्प र गिरिराज जातका कुखुरा बाँडिएको छ ।
“गर्भवती महिला र दुई वर्षमुनिका बालबालिकाका लागि पोषण धेरै आवश्यक पर्छ, त्यो पोषण कुखुराको अन्डामा पाइने भएकाले गर्भवती महिला र बच्चाको पोषण सुधार गर्न कुखुराका चल्ला बाँडेका हौँ” – जिल्ला कृषि अधिकृत श्रेष्ठले भने। उनका अनुसार एउटा वडाका एक किसानलाई कुखुराका चल्ला दिएको र कुखुराले अन्डा दिन थालेपछि गाउँका अन्य गर्भवती महिला र बच्चा भएका घरमा सहुलियत दरमा बिक्री गरिने छ ।
यसैबीच किसानलाई कुखुरापालनसम्बन्धी पाँच दिनको तालिम दिइएको छ । अर्धबन्देज खोरमा कुखुरा पाल्नका लागि परियोजनाले सहयोग गरेको छ । यसरी कुखुरा पाल्दा राम्रोसँग हुर्कने, रोगको सङ्क्रमण कम हुने, चाँडो अन्डा दिने श्रेष्ठले बताए ।
यसका साथै किसानलाई उन्नत तरकारीको बीउ पनि निःशुल्क बाँडिएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण