बन कार्यालयद्वारा ८०४ टिन खोटो कब्जा
जाजरकोट–खोटो कम्पनीसँग कुरा नमिलेपछि खलंगा ईलाका वन कार्यालयले ८ सय ४ टिन खोटो कव्जा गरेको छ । संकलन खोटोको छुटपुर्जी लिने समयमा कर्मचारीद्धारा खोटो कव्जा गरिएको हो । मनकामना रोजिन टर्पेन्टाइन कम्पनीले भुर आली स्थित गौजेनी निमारे सामुदायिक वन र सुईपोखरी सामुदायिक वनमा गत वर्षको चैत महिना देखि संकलन गर्दै आएको खोटोको वारेमा इलाका तथा जिल्ला वन कार्यालय हाल सम्म वेखवर थियो । कम्पनीले खोटो संकलन सम्बधी सम्पूर्ण कामहरु पुरा गरेर वन कार्यालयवाट लिनु पर्ने छुटपूर्जी र चलानी जस्ता कागजजातहरु तयारी गर्ने वेला यही माघ ५ गते इलाका वन कार्यालय खलंगाका प्रमुख तथा वन अधिकृत राजेन्द्र प्रशाद शाह नेतृत्वको टोलीले ८ सय ४ टिन खोटो कव्जा गरेको जनाएको छ । गौजेनी निमारे सामुदायिक वनवाट ६ सय ५६ र सुईपोखरी सामुदायिक वनवाट १ सय ४८ टिन खोटो कव्जा गरिएको वन अधिकृत शाहले जानकारी दिए । गौजेनी निमारे वनमा सामुदायिक वन उपभोक्ता समिति नभएर वन संरक्षण समिति मात्र भएको तर सामुदायिक वन कार्ययोजना नै नभएका समितिले रोजीन कम्पनीसंग सम्झौता गरि खोटो संकलन गरेको पाईएकोले वन ऐन अनुसार खोटो कव्जा गरिएको र सुईपोखरी सामुदायिक वनमा वन आइई नै नगरी खोटो संकलन गरेको पाईएकोले वन ऐन अनुसार नै खोटो कव्जा गरिएको वन अधिकृत शाहले भने–“कानुन विपरित संकलन गरेको ८ सय ४ टिन खोटो कव्जा गरि थप अनुसन्धान गरिरहेका छौं र अनुसन्धानवाट के हुन्छ हामी कानुन अनुसार नै कार्वाही गर्न पनि तयार छौं ।” उता वन कार्यालयले खोटो कव्जा गरेको नभई चलानी र छुटपूर्जी दिन ढिलाई गरेको मनकामना रोजीन टर्पेन्टाइन प्रशोधन केन्द्र नेपालगञ्जका मेनिजर उमेश यादवले वताएका छन् । उनले नियमपुर्वक नै विगतका वर्षहरुमा पनि खोटो संकलन गर्दै आएका जंगलहरुमा त्यस्तो कुनै वन नियम विपरित काम नगरेको जानकारी दिए । इलाका वन कार्यालयको अनुसन्धान रिर्पोट र सरकारी वकिल कार्यालयको सल्लाहमा दोषीहरुलाई वन ऐन, नियमावली अनुसार नै कार्वाही गरिने जिल्ला वन अधिकृत राम प्रशाद पण्डितले वताए । उक्त वनमा कम्पनीले लामो समय सम्म काम गरिरहदा कार्यालयले किन थाहाँ पाउन नसकेको हो त ? भन्ने पत्रकारहरुको जिज्ञासामा पहिले आफूहरुलाई कुनै जानकारी नभएको तर जानकारी हुनासाथ जिल्ला वन कार्यालयवाट ईलाका वन कार्यालयलाई पत्राचार गरेर स्थलगत निरक्षण, अनुगमन गरि खोटो कव्जा गर्न निर्देशन दिएको अधिकृत पण्डितले वताए । साथै उनले थप अनुसन्धानको लागी इलाका वन कार्यालयलाई पत्रमार्फत निर्देशन गरि जिल्ला प्रशासन कार्यालयमा वोर्धाथ गराई सकेको वताए । झण्डै १० महिना सम्म अवैधानिक ढंगले जंगलमा खोटो संकलन गरिरहेको कम्पनीको अवस्थाका वारेमा वन कार्यालयलाई कुनै जानकारी नभएको भन्नु निकै रहस्यमय भएको स्थानियहरुको भनाई छ । जिल्लाको जैविक सम्पतिका रुपमा रहेको खोटो, बहुमुल्य पत्थर तथा जढिवुडीका लगायतका सम्पदाहरुका वारेमा सवैको ध्यान जान र सवै जिम्मेवार वन्नु पर्ने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको भनाई छ । जिल्लाका विभिन्न जंगलहरुका काम गर्दै आएका रोजीन टर्पेन्टाईन कम्पनीहरु झण्डै आधा दर्जन वढी नै रहेका छन् । जसमा बंगलामुखी रोजिन एण्ड टर्पेन्टाइन इण्डष्ट्रिज प्रालि गणपुर २ वाँकेले ४१ वटा सामुदायिक वनमा, स्वस्तीक रोजिन एण्ड टर्पेन्टाईन प्रालि विरपुर ४ कपिलवस्तुले १२ वटा सामुदायिक वनमा, देउती रोजिन एण्ड टर्पेन्टाईन उद्योग प्राली शमसेरगञ्ज ४ वाँकेले १० वटा सामुदायिक वनमा, मनकामना रोजिन एण्ड टर्पेन्टाईन प्राली गणपुर बाँकेले १३ वटा सामुदायिक वनमा, माउन्टेन रोजीन एण्ड टर्पेन्टाईन मधवलिया ९ रुपन्देहीले ५ वटा सामुदायिक वनमा र दिपमाला रोजीन एण्ड टर्पेन्टाईन प्राली गणपुर ६ बाँकेले एक सामुदायिक वनमा काम गरिरहेका छन् भने, यस वर्षदेखि जयवागेश्वरी रोजीन लगाएतका कम्पनीहरु थप भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण