नेपाली विद्यार्थीले भारतमा रचे इतिहास
काठमाडौं– प्रणव प्रतिक तुलस्यान, चार्टड एकाउन्टेन्सीका नेपाली विद्यार्थी । आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने पेसाको रुपमा चिनिएको र निकै गाह्रो मानिने चार्टड एकाउन्टेन्सी अध्ययन गरिरहेका विद्यार्थी । एक सामान्य कस्मेटिक व्यापारीका छोरा । परीक्षा दिएका कुल विद्यार्थी मध्ये जम्मा ४ प्रतिशत विद्यार्थी उतीर्ण हुँदा भारतभरमै प्रथम भएर ईतिहास रचेको नेपाली ठिटो । अहिले उनले हाँसिल गरेको सफलताले उनी मात्र होइन ‘नेपाल’ लाईनै भारतभरका सिए विद्यार्थी माँझ चिनाएको छ । सन् २०१४ मा संचालित सिए अध्ययनको पहिलो तह ‘सिपिटि’ मा भारतभरका विद्यार्थीहरुलाई उछिन्दै पहिलो स्थानमा आए, अनि त्यति बेलानै आफुलाई र पूरै नेपाललाई भारतभरका सिए विद्यार्थीमाँझ चिनाईसकेका छन् । भारतीय बोर्डबाट सिए अध्ययन गरेका उनले सिएको सबैभन्दा गाह्रो तह मानिने सिएको दोश्रो तह ‘आइपीसी’ मा पनि भारत भरमै पहिलो भएर अर्को ईतिहास रचेका छन् । परीक्षा दिएका झन्डै १८ लाख विद्यार्थीलाई पछी पार्दै उनी प्रथम भएका हुन् । नेपाली सिए क्षेत्रको ईतिहासमै पहिलो पटक उनले यस्तो सफलता हाँसिल गरेपछी अहिले नेपालमा मात्र होइन, उक्त परीक्षा संचालन भएका कतार, युएई लगायतका विभिन्न मुलुकमा पनि उनी र नेपालको चर्चा हुन थालेको छ । अहिले उनलाई बधाई दिनेको ताँतीनै छ । उनी रातारात ‘सेलीब्रेटी’ बनेका छन् । थुप्रै रेकर्ड तोडिए प्रणवको सफलतासँगै नेपाली लेखा व्यवसाय र भारतीय सिए अध्ययन अध्यापन क्षेत्रमा थुप्रै रेकर्डहरु तोडिएका छन् । उनी भारतीय चार्टड एकाउन्टेन्सी बोर्डले संचालन गरेको सिएको पहिलो तहमा भारत भरमै प्रथम हुने पहिलो नेपाली हुन् भने सिएको दोश्रो तहमा भारत भरमै प्रथम हुने समेत पहिलो नेपाली हुन् । त्यति मात्र होइन सिएको पहिलो तहमा भारतभरमै प्रथम भएर दोश्रो तहमा पनि भारतभरमै प्रथम भएका पनि उनी पहिलो विद्यार्थी हुन् । भारतीय चार्टड एकाउन्टेन्सी बोर्डले ‘ओभर्सिज सेन्टर’ भन्दै नेपाल, युएई, कतार लगायत देशमा समेत परीक्षा संचालन गर्ने गरेकोमा’ ओभर्सिज सेन्टर’ बाट परीक्षा दिएका सबैलाई उछिन्दै प्रथम भएका उनी पहिलो व्यक्ति हुन् । को हुन प्रणव प्रतिक तुलस्यान ? काठमाडौँको अरनिको बोर्डिङ्ग स्कुलबाट एसएलसी उतीर्ण गरेका प्रणवले काठमाडौँ मोडल कलेजबाट प्लस टु उतीर्ण गरेका हुन् । पुतलीसडकस्थित एकेडेमी अफ कमर्शमा कोचिङ् कक्षा पढेर भारतभरमै पहिलो भएका प्रणव हाल काठमाडौँमै बसोबास गर्छन् भने केहिसमयपछी सिएको तेश्रो तह अध्ययन तथा सिएमा गर्नुपर्ने तीन वर्षे तालिमका लागि भारत जादैछन् । सिएको पहिलो तहको कक्षा सुरु नगर्दै आफु भारतभरमै प्रथम बनी छाड्ने अठोट लिएका उनको सपना आखीरमा पूरा भएको उनी बताउँछन् । जे बोलेँ, त्यहिँ गरें
आफुले बोलेको कुरा पूरा गर्नु परीक्षाजस्तो विषयमा निकै गाह्रो कुरा हो । त्यसमा पनि सिएजस्तो गाह्रो बिषयमा ‘भारतभरमै प्रथम हुन्छु’ भनेर घोषणा गरी त्यसलाई पूरा गर्नु कम्ती चुनौतीपूर्ण थिएन । तर, प्रणवले त्यसलाई पूरा गरेका छन् । आफु सिएको पहिलो तहमा भारतभरमै प्रथम भएपछि उनले एक टेलिभिजन कार्यक्रममा दोश्रो तहमा पनि आफु भारतभरमै पहिलो हुने दावी गरेका थिए । उनको दावी टेलिभिजनबाट प्रशारण भएपछी विभिन्नखाले टिप्पणीहरु पनि आएका थिए । कतिपयले यस्तो आत्मविश्वास हुनु राम्रो नभएको समेत प्रतिक्रिया दिएका थिए । तर उनले जे बोले, त्यहि पूरा गरे ।
सफल हुन पहिला सपना देख्नुपर्छ रातोपाटीसँग कुराकानी गर्दै प्रणव प्रतिक तुलास्यानले सफल हुन पहिला सपना देख्नु पर्ने बताएका छन् । ‘सपना नदेखी सफल हुन असम्भव छ । पहिला सपना देख्नुपर्छ अनि त्यसलाई पूरा गर्नतर्फ लाग्नुपर्छ ।’ जीवनको एउटा ठुलो र अरुले असम्भव मानेको आफ्नो सपना पूरा भएको बताउँदै उनी भन्छन्, ‘मेरो गुरु दीपक पाण्डेले मलाई सपना देख्न सिकाउनुभयो । र त्यसलाई पूरा गर्न पनि उहाँले नै सघाउनुभयो ।’
धेरै होइन ‘सटिक’ पढ्नुपर्छ राटोपाटीसँग कुराकानी गर्दै प्रणवले परीक्षामा सफलता हाँसिल गर्न धेरै नभई सटिक पढ्नुपर्ने बताएका छन् । उनी भन्छन्, ‘धेरै पढ्ने होइन, पढेको कुरा चाहीं बुझेर अगाडी बढ्नुपर्छ ।’ सिएको परिक्षामा परिक्षा दिएका कुल ४ प्रतिशत मात्र उतिर्ण भएको स्मरण गर्दै उनले भने, ‘धेरै पढेर मात्र हुँदैन, पढेको कुरालाई बुझेर अगाडी बढ्नुपर्छ । धेरैको घोक्ने गलत बानी छ । घोक्ने भन्दापनि बुझ्नेतर्फ लाग्नुपर्छ ।’
७०० पूर्णाङ्कमा कुल ५४४ अंक ल्याएका प्रणवको लाब्धांक यस्तो छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण