१८ घण्टापछि खुल्यो मध्यपहाडी लोकमार्ग
सिन्धुली – मध्यपहाडी लोकमार्ग अन्तरगत रत्नावती १ तिनकन्यामा सुमोको ठकरबाट पाँच वर्षे बालकको मृत्यू भएसँगै क्षतीपुर्ती र चालकमाथी कडा कारबाहीको माग गर्दै अबरुद्ध मध्यपहाडी लोकमार्ग १८ घण्टापछि खुलेको छ । मृतक बालकका आफन्तलाई सुमो सञ्चालकले ६ लाख पचास हजार रुपैयाँ क्षतीपुर्ती दिने, तिव्रगतीमा सुमो चालाउने चालकलाई कडा कारबाही गर्ने सहमति भएपछि १८ घण्टादेखि अबरुद्ध सडक मंगलबार विहान चारबजेबाट सञ्चालनमा आएको प्रहरीले जनायो । मध्यपहाडी लोकमार्ग अन्तरगत रत्नावती १ तिनकन्यामा ओखलढुङ्गाबाट काठमाडांै जादै गरेको सिटि भिलेज यातायातको ना.१ ज.४२५२ नं कोे सुमोले ठक्कर दिँदा सोही स्थान बस्ने सुन्दर राईको ५ वर्षका छोरा अनिस राइको घट्ना स्थलमै मृत्यू थियो । बालकको मृत्युपछि बालकका आफन्तले सोमबार विहान ११ बजेदेखि सडक अबरुद्ध गर्दै आएका थिए । ‘बालकका आफन्त, प्रहरी र सुमो संचालकविच सोमबार रातभरको प्रयासपछि मंगलबार विहान ४ बजे मृतक बालकका परिवालाई क्षतीपुर्ती दिने र चालकलाई कानुनी कारबाही गरिने सहमति भएपपछि सडक सहजरुपमा सूचारु भएको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विपीन ओझाले भने । तिव्र गतीमा रहेको सुमोले सडक नजीकै रहेका बालकलाई ठक्कर दिएको थियो । बालक राईको घट्ना स्थलमै मृत्यू भएपछि स्थानीयले चालकलाई कारबाही र दश लाख रुपैयाँ क्षतिपुर्ती दिनु पर्ने माग गर्दै १८ घण्टादेखि मध्यपहाडी लोकमार्ग अबरुद्ध गरेका थिए । सहमतिपछि बालकको सव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल सिन्धुलीमा ल्याइएको छ भने १८ घण्टादेखि रोकीएका सबै सवारी साधन गन्तव्यतर्फ लागेको ओझाले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण