संचालनमा आउन सकेन जडिबुटी प्रशोधन केन्द्र
डोल्पा – डोल्पाको त्रिपुराकोट गाबिसको त्रिपुराकोट स्थित त्रिपुराकोटमा १० वर्षअघि स्थापित जडिबुटी प्रशोधन केन्द्र आर्थिक अभावले संचालनमा आउन सकेको छैन । जिल्लामा पाईने जटामसि,भुल्ते,सोत्तर र बोझो लगायतका एक सय भन्दा धेरै जडिबुटी जिल्लामै प्रशोधन गरि बिक्रिबितरण गर्ने उद्येश्यले स्थापना गरिएको सो प्रशोधन केन्द आर्थिक लगानिको अभाबमा संचालनमा आउन नसकेको हो ।
डोल्पालीले यातायातको अभाबमा जिल्लाबाट बाहिर निकासी गर्दाे झेल्नु पर्ने झन्झटबाट छुटकरा दिलाउने तथा स्थानिय कच्चा पदार्थको जिल्लामै खपत गरी रोजगारीको अवसर सिर्जना गरी जीवनस्तर उकास्ने उद्देश्यले बिएसपी न्यु एराको दपहलमा केन्द्र स्थापना गरिएको थियो । स्थानीयले संचालक समितीको लापरबाहिले गर्दा संचालनमा आउन नसकेको आरोप लगाएका छन् । स्थानीय पुर्णकेशर न्यौपानेले संचालनकको लापरबाहीले स्थानीयले स्थानीयस्तरमै पाइने अवसरहरु गुमाउन बाध्य भएको आरोप लगाए । कम्पनीले स्थापनाको समयमा प्रत्येक वर्ष झण्डै ३० लिटर भुल्ते र सोत्तरको तेल प्रशोधन गरेर वार्षिक लाख बराबरको आम्दानी गर्दै आएको थियो ।
यसैबीच कर्णालीमै हुम्ला पछिको पहिलो उद्योगको रुपमा रहेको यस प्रशोधन केन्द्रलाई स्थानिय हेमराज हमालको ब्यक्तिगत लगानिमा जिर्णोद्धार गरिएको छ । दश बर्ष सम्म जिर्ण अवस्थामा रहेको उद्योग थला पर्दा र मेसिनहरु पनि खिया लागेर बिग्रने अवस्थामा पुगिसक्दा पनि सम्बन्धित निकायको ध्यान नपुगेकाले आफूले जिर्णोद्धार गरेको उनले बताए । ‘प्रशोधन केन्द्र स्थानीयस्तरबाट संरक्षण हुन नसक्दा दिनप्रतिदिन जीर्ण बन्दै जानुका साथै उद्योगमा जडान गरिएका महत्वपूर्ण मेसिनहरु खिया लागि बिग्रने अबस्थामा पुगेका थियो’, उनले भने, ‘कैले बिशुद्ध ब्यक्तिगत लगानिमा जिर्णोउद्धार गरे, अब सम्बन्धित निकायले सञ्चालनमा ध्यान दिए राम्रो हुने थियो ।’
यता उद्योग संरणको कार्यालय सहयोगीको रुपमा रहेका हरिप्रसाद हमालले उद्योग संचालक समितिको लापरबाही र स्थानीय स्तरको सहयोगको अभावमा उद्योगको दुरगति भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण