शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

पोखरामा १९ वर्षीय युवतीको बलात्कारपछि हत्या

मङ्गलबार, १९ माघ २०७२, ११ : ३१
मङ्गलबार, १९ माघ २०७२

पोखरा – पोखरामा एक युवतिको बलात्कारपछि हत्या भएको छ । पोखरा १५ नयाँगाँउमा मंगलवार विहान हत्या गरी फालिएको अबस्थामा १९ बर्षिय युवतिको शब फेला परेको हो । सोहि ठाँउ निवासी नेहा पुनको शब घर नजिकै फेला परेको हो । उनको शब अर्धनग्न अबस्थामा भेटिएको थियो । टाउकोमा कुनै बस्तुले हानेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

शब पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान सुरु भएको प्रहरी निरिक्षक वेद प्रकाश जोशीले जानकारी दिए । मृतक युवति पोखराको न्यूरोड स्थित स्माईल क्याफेमा कार्यरत थिईन् । दैनिक विहान ७ बजे काममा जाने र र राती ८–९ बजे फर्कने उनि हिजो साझ नफिर्किएपछि आफन्तले खोजी सुरु गरेका थिए ।

घर नजिकै खाली स्थानमा कालो कपडाले छोपेर फालिएको अबस्थामा शब देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । अयन्त्र हत्या गरी सो स्थानमा ल्याएर शब फालिएको प्रहरीले आशंका गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप