प्रचण्ड निवास पुगेर भारतीय राजदूतले भने– नाकाको अवरोध चाँडै अन्त्य हुन्छ
मङ्गलबार, १९ माघ २०७२, ११ : ५४
काठमाडौं– नेपालका लागि भारतीय राजदूत रञ्जित रेले भारतले कारणले नभई मधेसी दलहरुकै कारण सीमानाकामा अवरोध भएको दोहोर्याएका छन् ।
एमाओवादी अध्यक्ष प्रचण्डसँग मंगलबार बिहान भएको भेटवार्तामा राजदूत रेले भारतको चाहना चाँडोभन्दा चाँडो समस्याको समाधान होस् भन्ने रहेको बताउँदै दलहरुबीच सहमति भए नाकामा भएको अवरोध चाँडै अन्त्य हुने बताए ।
सो क्रममा प्रचण्डले नाकाबन्दी छिटोभन्दा छिटो अन्त्य गर्न भारतीय राजदूतलाई आग्रह गरेका थिए ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबारे समेत राजदूत रेले चासो राखेको बताइएको छ । देशभित्र भारतले नाकाबन्दी अन्त्य नगरेसम्म ओलीले भारतको भ्रमण गर्न नहुने आवाज उठिरहेको बेला उनले उक्त चासो व्यक्त गरेका हुन् ।
भारतले आपूर्ति व्यवस्थामा अवरोध गर्दै आएपनि उसले आफ्नो कारणले नभई मधेसी मोर्चाको आन्दोलनको कारण सीमानाकामा अवरोध भएको दाबी गर्दै आएको छ ।
प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटमा नाकाबन्दी, मधेस आन्दोलन र दलहरुबीच भईरहेको छलफलको प्रगतिबारे कुराकानी केन्द्रित भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण