शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

‘निषेधको राजनीति अतिवादको परिचायक’

मङ्गलबार, १९ माघ २०७२, १२ : १९
मङ्गलबार, १९ माघ २०७२
जनकपुरधाम– नेपाली काँग्रेस धनुषाले केही दिनदेखि मधेसकेन्द्रित दलका केही व्यक्तिले काँग्रेसका नेता र सभासद्का घरमा आगजनी एवम् ढुङ्गामुढा गर्ने जस्ता क्रियाकलाप गरिरहेकामा आपत्ति जनाएको छ । नेपाल प्रेस युनियन धनुषाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा पार्टी जिल्ला सभापति रामसरोज यादवले निजी घरमा आगजनी र ढुङ्गामुढा गर्नु निन्दनीय भएको बताउँदै काँग्रेसका लागि अधिवेशन आन्तरिक जीवनको विषय भएकाले त्यसमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले निषेधात्मक प्रदर्शन गर्नु अतिवादको परिचायक हो भने । सभापति यादवले मोर्चाले अधिवेशन बिथोलेको कुरामा सत्यता नभएको बताउँदै अधिकांश गाविसमा अधिवेशन भइसकेको पनि प्रस्ट गरे । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप