हिमाल पारिका जिल्लामा पुस्तक पठाउने प्रक्रिया सुरु
मङ्गलबार, १९ माघ २०७२, १२ : २२
पोखरा– जनक शिक्षा सामग्री केन्द्र क्षेत्रीय कार्यलय पोखराले हिमाल पारिका जिल्ला मनाङ र मुस्ताङमा विद्यालय तहका पाठ्यपुस्तक पठाउने प्रक्रिया सुरु गरेको छ ।
हिमाली जिल्लाको मौसमका कारण त्यहाँ आगामी फागुनदेखि शैक्षिक सत्र सुरु हुने भएका कारण नयाँ शैक्षिक सत्रका लागि पुस्तक पठाउने प्रक्रिया सुरु भएको कार्यालयका स्टोर किपर नवीन खड्काले जानकारी दिए । ती जिल्लामा बुधबारसम्ममा सम्पूर्ण पुस्तक पठाइसकिने बताइएको छ ।
सम्बन्धित जिल्ला शिक्षा कार्यालयबाट माग भएअनुसार मनाङका लागि कक्षा ६ देखि १० सम्म क्रमशः ७६, ६५, ६५, ७१ र ५३ ‘सेट’ र मुस्ताङका लागि क्रमशः २०८, १९३, २३३, १२६ र १२० ‘सेट’ पुस्तक पठाउन लागिएको खड्काको भनाइ छ ।
कक्षा ६, ७ र ८ मा एक सेटमा विभिन्न विषयका नौ पुस्तक रहन्छन् भने कक्षा ९ र १० मा अनिवार्य विषयका छ वटा पुस्तक र इच्छाधीन दुई विषय हुन्छन् । यस वर्ष परिवर्तित पाठ्यक्रमको कक्षा ९ का नयाँ पुस्तक पनि आइसकेको खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण