शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

नाकाबन्दीको भारतमै विरोध भइरहेको छ, अब लामो समय टिक्दैनः मैनाली

मङ्गलबार, १९ माघ २०७२, १२ : २६
मङ्गलबार, १९ माघ २०७२
इलाम– उपप्रधानमन्त्री सिपी मैनालीले सरकारले राष्ट्रलाई अहित हुने गरी कसैसँग सम्झौता नगर्ने बताएका छन्  । पाँचथरको फिदिममा हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्ने क्रममा आज बिहान यहाँ उनले मुलुकको इच्छाबमोजिम वर्तमान सरकारले सम्झौता नगरेकाले नाकाबन्दी नहटेको विचार राखे । “वर्तमान सरकार देशलाई अहित हुने कुनै पनि किसिमको सम्झौता गरेर झुक्दैन, बरू नेपाली जनता नाकाबन्दीको डटेर सामाना गर्न तयार छन्”– उनले भने । उनले नाकाबन्दीविरूद्ध भारतीय जनता र उच्च तहमा समेत यसको विरोध हुन थालेपछि नाकाबन्दी लामो समय नटिक्ने जिकिर गरे । सीमाङ्कन र नामाङ्कनका विषयमा उठेका समस्या समाधान गर्न राजनीतिक दलबीच छलफल जारी रहेकाले सबैको सहमतिमा राष्ट्रलाई हित हुने खालको निर्णय आउने उनको भनाइ थियो । यसैबीच महिला, बालबालिका तथा समाजकल्याणमन्त्री मैनालीले इन्धन अभावका विषयमा प्रजिअ विष्णुकुमार कार्कीसँग समेत छलफल गरे । प्रजिअ कार्कीले जिल्लामा निर्माणाधीन विद्युत् आयोजना र यातायातका साधनलाई इन्धन आपूर्ति भइरहेको जानकारी गराए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप