शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

ट्रकको ठक्करबाट बालकको मृत्यु, इटहरीमा अर्का एकको मृत्यु

मङ्गलबार, १९ माघ २०७२, १२ : ३३
मङ्गलबार, १९ माघ २०७२

चितवन–चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

रत्ननगर नगरपालिका वडा नं ७ को टिकौलीस्थित मुख्य राजमार्गमा सोमबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख १५४ नंको ट्रकले पैदल हिँडिरहेका चार वर्षीय बालक अंकुश मिश्रलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्युभएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

मृतक अंकुश, भारत महाराष्ट्र घर भई हाल रत्ननगरमा पाल टाँगेर बस्दै आएका सङ्गम मिश्रका छोरा हुन् । ठक्कर दिने ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार राईको मृत्यु सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित हलगडा चोकमा आज बिहान टिपरले ठक्कर दिँदा एकजनाको घटनास्थलमा नै मृत्युभएको छ ।

को१३प ९११९ नंको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको मे१ख १८२२ नंको टिपरले ठक्कर दिएपछि मोटरसाइकलका चालक धरान उपमहानगरपालिका–१३ निवासी यामबहादुर राईको घटनास्थलमै मृत्युभएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल पछाडि बसेकी महिलाको भने नाम, थर खुल्न सकेको छैन । उनलाई चिन्ताजनक अवस्थामा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको प्रहरीले जानकारी दिएको छ ।

ठक्कर दिने टिपर र त्यसका चालकलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप