शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

सुत्केरीलाई सहयोग गर्न आकस्मिक कोष स्थापना

मङ्गलबार, १९ माघ २०७२, १२ : ४०
मङ्गलबार, १९ माघ २०७२
बेनी – म्याग्दीका विभिन्न गाउँमा गर्भवती र सुत्केरी अवस्थाका महिलालाई सहयोग गर्ने उद्देश्यले आकस्मिक कोष स्थापना गरिएको छ । जिल्लाको बेनी नगरपालिका बगरफाँटको ‘प्रगतिशील आमा समूह’, गौश्वाराको ‘राधाकृष्ण आमा समूह’, शिखको ‘गोसे बराहा आमा समूह’, कुहूको ‘माईथान डडुवा आमा समूह’ र भकिम्लीको ‘देउराली आमा समूह’ मा आवद्ध महिलाले आकस्मिक कोष स्थापना गरिएको हो । गर्भ र सुत्केरी अवस्थामा आर्थिक अभावमा हुन सक्ने सम्भावित दुर्घटनालाई रोक्न कोषको स्थापना गरिएको प्रगतिशील आमा समूहकी सचिव सावित्री शाहले जानकारी दिइन् । कोषमा आमा समूहका सदस्यबाट प्रतिव्यक्ति मासिक रु ५० सङ्कलन गर्ने गरिएको छ । “गाउँमा गर्भवती र सुत्केरी महिलालाई मासिक भेला बोलाई उनीहरुको स्वास्थ्य अवस्था, सुरक्षित मातृत्व र मातृशिशु स्याहारका विषयमा छलफल हुन्छ”, शिखको ‘गोसे बराहा आमा समूह’की अध्यक्ष नौमाया मगरले बताइन् । कोषको रकम आर्थिक अभावमा प्रसूति सेवा र पौष्टिक आहारको उपभोग गर्न नसक्नेलाई उपलब्ध गराइने गरिएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप