बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

हाम्रै नेपालमाः दुई ओटा कुखुरा चोर्दा ज्यानै गयो

मङ्गलबार, १९ माघ २०७२, १३ : ५०
मङ्गलबार, १९ माघ २०७२

रुकुम –जिल्ला प्रहरी कार्यालय रुकुमले जिल्लाको पुर्तिमकाँडा ४ का वीर वहादुर नेपालीको हत्यामा संलग्न ६ जनालाई पक्राउ गरेको छ । हत्यामा संलग्न रहेको आरोपमा पुर्तिमकाँडा ४ का २६ वर्षिय गंगे कामी, ३० वर्षिय हस्ते कामी, २९ वर्षिय पुने सुनार र सोही ठाउँका ५२ वर्षिय सुके कामी पक्राउ परेका हुन् ।

त्यस्तै सोही ठाउँकी ४४ वर्षिय रुद्रकला कामी र मृतक नेपालीका दाई ३५ वर्षिय कालो कामीलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरिक्षक रुपेश खड्काले जानकारी दिए । घटनामा संलग्न सोही ठाउँकी विमला बिक भने फरार रहेको र खोजी कार्य जारी रहेको बताइएको छ । स्थानिय अमृता विकको २ ओटा कुखुरा चोरेको अभियोगमा गाउँलेले २६ वर्षिय नेपालीमाथि कुटपिट गरेको डिएसपी खड्काले बताए । १३ गते कुखुरा चोरेका नेपालीलाई सोही दिन बेलुकी गाउँलले कुटपिट गरेका थिए । कुटपिटपछि भागेर आफ्ना दाई कालो कामीको गोठमा लुक्न गएका नेपाली सोही ठाउँमा मृत फेला परेका थिए ।

गोठमा मृत भेटिएका भाईका बारेमा प्रहरी तथा गाउँलेलाई जानकारी गराउनुको साटो दाई कालो कामी र उनकी श्रीमति विमला बिकले शवलाई गोठ नजिकैको बारीमा फालेको डिएसपी खड्काले बताए । कुटपीटमा संलग्न नभएपनि घटनाका बारेमा जानकारी नगराएकोले उनिहरुलाई पनि पक्राउ गरिएको प्रहरीको भनाई छ ।

त्यस्तै प्रहरीले कुटपिटमा प्रयोग भएको एउटा कोदालो, २ ओटा बाँसको लठ्ठी र एउटा उत्तिसको दाउरा पनि फेला पारेको छ । मानसिक सन्तुलनमा समस्या भएका मृतक नेपाली यस अघि पनि गाउँमा चोरी तथा झै झगडामा पटक पटक सामेल हुने गरेको बताइएको छ । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप