अपहरण मुद्दामा तीन बर्ष ६ महिना कैद सजाय पाएका व्यक्ति काँग्रेसको उपमहानगर सभापतिमा निर्बाचित
सुनसरी – मानव अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतबाट तीन बर्ष कैद सजाय तोकिएका व्यक्ति नेपाली काँग्रेसको सुनसरी स्थित ईटहरी उपमहानगरपालिकाको सभापतिमा निर्बाचित भएका छन् । इटहरी ८ स्थित पशुपति युवा क्लबका तत्कालिन अध्यक्ष दुर्गा अधिकारीलाई अपहरण गरि बन्धक बनाएर फिरौती असुल गरेको आरोपमा सुनसरी अदालतबाट तीन बर्ष ६ महिना कैद सजाय तोकिएका ईटहरी २ का हेमकर्ण पौडेल हालै सम्पन्न निर्बाचनबाट ईटहरी उपमहानगरको काँग्रेस सभापति निर्बाचित भएका हुन । पौडेलले प्रतिस्पर्धी बिकास केसीलाई पराजित गरेका हुन् । ७ कार्तिक ०७९ दशैको नवमीका दिन ईटहरी ८ का युवा दुर्गा अधिकारीलाई अपहरण गरेर ईटहरी ४ पाँचधारेको एक घरमा बन्धक बनाएर शारिरिक मानसिक यातना दिएर दुई लाख ५० हजार रुपैया फिरौती असुल गरेको आरोपमा ईटहरी प्रहरीले तत्काल काँग्रेस ईटहरी नगर सभापति रहेका पौडल सहित चार जना बिरुद्ध सुनसरी अदालतमा २८ फागुन ०७१ मा अपहरण तथा मानव शरिर बन्धक मुद्दा दर्ता गराएको थियो । एक सय पाँच दिन थुनामा बस्न बाध्य भएका पौडेल सबोच्चको आदेशले धरौटीमा छाडिएपनि पछि पुनराबेदन अदालतले फैसला पुनरावलोकन गर्न सुनसरी अदालतलाई आदेश गरेपछि पुन ६ माघ ०७२ मा सुनसरी अदालतका न्यायधिश अर्जुन कोइरालाको आदेशले अभियुक्त्त पौडेल सहित तत्काल नेपाल बिद्यार्थी संघका केन्द्रिय सदस्य रहेका सुनसरी ईटहरीका सुर्य काँडे (राई)ं अजित श्रेष्ठ र रोशन तामाङ समेतलाई तीन बर्ष ६ महिना कैद सजायको फैसला गरेको हो । पौडेल बाहेक अन्य अभियुक्त्त सबै फरार छन ।आरोपी काँडे अर्को एउटा ज्यानसम्बन्धि मुद्दामा पक्राउ परि पुर्पक्षकालागि जेल पनि परेका थिए । तर उक्त्त मुद्दामा पुनराबेदनबाट सफाई पाएर छुटेपछि उनि हालसम्म फरार नै छन । तत्काल सहयोगीहरुसँग बिभिन्न गुणगर्दीमा आरोपित हुँदै आएका सभापति पौडेलले सहयोगीहरु सुर्य रार्य , अजित श्रेष्ठ र रोशन तामाङको सहयोगमा दुर्गा अधिकारीलाई अपहरण गरेर बन्धक बनाई शरिरमा चुटोटको ठुटोले पोल्दै र कुटपिट गर्दै शारिरीक याताना दिएको अनि नांगै बनाएर भिडियो खिचेर फिरौती नदिएमा फेसबुकमा सार्बजनिक गरिदिने भन्दै मानसिक यातना दिएर अढाई लाख रुपैया फिरौती असुलेको आरोपमा ईटहरी प्रहरीले सुनसरी अदालतमा मुद्दा दर्ता गरेको थियो । सुरुमा अपराध स्विकार नगरेका पौडेलले आफु बिरुद्ध मुद्दा दर्ता नगर्न काँग्रेसको भरपुर शक्त्ति प्रयोग गरेका थिए । चरम शारिरिक र मानसिक यातना पाएपछि तत्काल दाजु मार्फंत अर्ढालाख रुपैया फिरौती बुझाएको र ऋणबापत लिएको रकम फिर्ता गरेको भनि कागज गरिदिएपछि मात्र आफु मुक्त्त भएको नेपाली काँग्रेसमै आवद्ध रहेका अपहरित अधिकारीले किटानी जाहेरीमा आरोप लगाएका थिए । आफनै पार्टीका नगर अध्यक्षले अपहरण गरि यातना दिएको भन्दै किटानी जाहेरी लिएर ईप्रका ईटहरीमा पुगेका अधिकारीको जाहेरी तत्काल प्रहरीले लिन मानेको थिएन । न्याय खोज्दै हिँडन थालेको भन्दै उल्टै ज्यानमार्ने सम्मको धम्की पाएपछि अपहरित अधिकारीले बिराटनगरमा शरिर नांगै बनाएर घाउ चोट देखाउँदै पत्रकार सम्मेनल गरेर न्याय माग गरेका थिए । र पनि प्रहरीले पौडेल र सुर्य राईलाई कार्बाही गर्न चासो नदेखाएपछि अधिकारी ईप्रका ईटहरी अगाडी टेन्ट टाँगेर अनसन पनि बसेका थिए । तर प्रहरीले उनलाई न्याय दिनुको साटो उल्टै लखेटेको थियो । त्यसपछि अधिकारी आरोपी पौडेल राई , तामांग र श्रेष्ठलाई पक्राउ गर्न माग गर्दै पुनराबेदन अदालत बिराटनगरमा परमादेश माग्न पुगेका थिए । २० फागुन ०७० मा पुनराबेदन अदालत बिराटनगरले सबै आरोपीहरुलाई पक्राउ गरि किटानी जाहेरी अनुसार मुद्दा दर्ता गर्न सुनसरी जिल्ला प्रहरीलाई परमादेश जारी गरेको थियो । त्यसपछि मात्र उनिहरु बिरुद्ध ईप्रका ईटहरीमा २६ फागुन ०७० मा किटानी जाहेरी दर्ता भएको थियो । आफु बिरुद्ध किटानी जाहेरी परेको थाहा पाएपछि पौडल शक्त्तिकेन्द्र रिझाउन काठमाण्डौतर्फ भागेका थिए । त्यसबखत काठमाण्डौ प्रहरी प्रमुख रमेश खरेल भएपनि उनलाई प्रहरीले पक्राउ गरेको थिएन । चौतर्फी दवाव पुगेपछि २८ साउन २०७१ मा पौडेल सुनसरी अदालतमा हाजिर भएका थिए ।अदालतले उनलाई पुर्पक्षकालागि जेल चलान गरेको थियो । एक सय पाँच दिन जेल बसेका पौडेल थुनछेक आदेश बेरितको भएको भन्दै पुराबेदनमा पुगेका थिए । तर पुनराबेदन अदालत बिराटनगरले जिल्ला अदालतकै आदेश सदर गरेपछि उनि सर्बोच्चमा पुगेका थिए । सर्बोच्चले उनलाई धरौटीमा छाडन आदेश गरेको थियो । त्यसपछि सर्बोच्चको आदेश अनुसार पौडेललाई सुृनसरी अदालतका तत्कालिन न्यायधिश खडानन्द तिवरीको ईजलासले धरौटीमा छाडने फैसला गरेपछि पौडेल ७ लाख १५ हजार धरौटी तिरेर थुना मूक्त्त भएका थिए । यता ४ देखी ७ बर्षसम्म कैद सजाय हुने मुद्दाका अभियुक्त्तलाई धरौटीमा छाडदा अदालतको फैसला बेरितको भएको भन्दै बादी दुर्गाबहादुर अधिकारीले फैसला उपर पुनराबेदन गरेका थिए । पुनराबेदन अदालत बिराटनगरले पौडेल बिरुद्धको मुद्दा पुनरावलोकन गर्न सुनसरी अदालतलाई आदेश गरेको थियो । सोही मुद्दामा ५ माघ ०७२ माघ सुनसरी अदालतका न्यायधिश अर्जुन कोइरालले पौडेल सहित अन्य तीन जनालाई तीन बर्ष ६ महिना कैद सजाय सुनाएका थिए । तर उक्त्त फैसला अन्यायपुर्ण भएको भन्दै एकैदिनमा फैसलाको कपी हातपारेर पौडेलले फैसला बेरितको भएको भन्दै मुद्दा पुनराबेदन गरेर पुनराबेदन अदालत बिराटनगरबाट आफुलाई पक्राउ नगरि बाहिरै बसेर पुर्पक्ष गर्न पाउने ९ माघ ०७२ मा निषेधाज्ञा गराएका थिए । उनको मुद्दा सुनसरी अदालतले ६ माघ बुधबार फैसला गरेको थियो । पौडेलले फैसलाको प्रतिसहित ८ माघ शुक्रबार पुनराबेदन अदालत बिराटनगरमा निषेधाज्ञा माग गर्दै पर्चा लिएका थिए । पुनराबेदनले १० माघ आइतबार पौडेलाई पक्राउ गर्नू नपर्ने भन्दै निषेधाज्ञा जारी गरेको थियो । ईटहरीका डिएसपी ओम अधिकारीले पौडेल सहित तीन जनालाई अदालतले कैद सजाय गरेको संचारमाध्यम मार्फत थाहा पाएपनि पक्राउ गर्न पुर्जी नआएको बताए । अदालती बन्दाबस्तीको नियम अनुसार पौडेलले पुनराबेदनबाट निषेधाज्ञा लिएकोले अदालतबाट पक्राउ पुर्जी जारी नभएको जिल्ला न्यायधिबक्त्ता केशवप्रसाद पन्तले बताए । निषेधाज्ञा पाएपनि हालसम्म अभियुक्त्त नै रहेका पौडेल खुलेर काँग्रेस नगर साभापतिको निर्बाचनमा सरिक भएका थिए । ६ माघ ०७२ मा सुनसरी अदालतले फैसला गरेको र १० ९ माघमा पुनराबेदन भएको उक्त्त मुद्दको पेशी पुनराबेदन अदालतमा एक महिनापछि तोकिएको छ । तत्काल अपहरण तथा शरिर बन्धक मुद्दाको आरोपमा अदालतबाट धरौटीमा छाडिएपनि तत्कालिन डिएसपी बिनोद शर्माले पौडेललाई पक्राउ गरेर ज्यानमार्ने धम्की दिएको आरोपमा पक्राउ गरि सार्बजनिक अपराधमा मुद्दा दर्ता गरेका थिए । उक्त्त मुद्दामा पौडेल प्रशासनको आदेशबाट ५ हजार धरौटीमा छाडिएका थिए । अभियुक्त्त पौडेललाई पार्टीले कार्बाही गर्नुपर्ने माग गर्दै तत्काल महासमिति सदस्य बिरेन्द्र कार्कीले पार्टीबाट राजिनामा पनि दिएका थिए । शेरबहादुर देउवातर्फका उनले पछि आफै राजिनामा फिर्ता लिएका थिए । को हुन हेमकर्ण हेमकर्ण पौडेल सुनसरी ईटहरी २ निवासी हुन । बिद्यार्थी राजनितिबाटै काँग्रेसमा आवद्ध उनि कोइराला गुटका मानिन्छन । सुजता कोइरालाको उनलाई पुर्ण सर्मथन छ । ईटहरी र आसपासमा हुने ठेक्कापटामा उनी प्राय बिबादमा आइरहन्छन् । सामान्य परिवारका उनी लडनभिडन नडराउन स्वभाव भएका व्यक्त्ति हुन । बिद्यार्थी राजनितिदेखी नै उनले बिभिन्न कारोबारमा हात हालेका थिए । ईटहरी आसपासमा हुने प्राय बिबादित कारोबारमा उनि जोडिएका हुन्छन । आर्थिक फाईदाकालागि युवाहरुको समुह परिचालन गर्न पनि पौडेल दक्ष छन । ईटहरी पानधारका सुर्य काँडे , अजित श्रेष्ठ र रोशन तामांगहरु उनका सहयोगी थिए । प्रहरी प्रशासनमा पकड बनाउन सिपालु हेमकर्णले तत्काल आफुलाई पक्राउ गर्ने डिएसपी बिनोद शर्मासँग पनि पछिल्लो समय राम्रो दोस्ती बनाएका थिए । डिएसपी शर्मा पछिल्लो समय पौडलसँग बाक्लो उठबस मात्र गर्दैन थे उनको घरमा आउने जाने पनि गर्दथे । नेपाली काँग्रेसको बिद्यान २१७ अनुसार फौजदारी अभियोग लागेपछि पार्टी सदस्यता खारेज हुने व्यवस्था नभएकोले अभियुक्त्त पौडेल नगर सभापति पदमा उठेका हुन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण