विज्ञानमन्त्रीको गुनासो, ‘राजनीतिमा बुढा पुस्ताको बर्चश्व हुँदा प्रविधिको विकास हुन सकेन’
काठमाडौ– विज्ञान तथा प्रविधि मन्त्री शिबलाल थापाले राजनीतिमा बुढा पुस्ताको बर्चश्व हुँदा नेपालमा आशातित विज्ञान र प्रविधिको क्षेत्रको विकास हुन नसकेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ नेपालको राजनीतिमा बुढा पुस्ताको बर्चश्व छ । नयाँ प्रविधि प्रयोगमा उहाँहरु अलि कमजोर हुने भएकोले नयाँ प्रविधिको विकासमा योगदान हुन सकेन । अब नेताहरुलाई पनि विज्ञान प्रविधिमा सहभागि गराउनु पर्छ । अब सरकारले बातावरण बनाउनु पर्छ ।’ मन्त्री थापाले विज्ञान प्रविधि क्षेत्रको विकासको लागि सरकारको ध्यान जान नसकेकोले यो क्षेत्रको आशातित विकास हुन नसकेको स्विकार गर्दै अहिलेसम्म मन्त्रालय चलाउन रकम नभएको र लेखाफाट समेत नबनिसकेकोले समस्या भएको गुनासो गरे ।
उनले बनेपामा निर्माण भएको आईटी पार्कको अवलोकन गरेर त्यसाइई तत्काल सञ्चलनमा ल्याउन सरोकारवालाहरुसँग छलफल गर्ने र बीपी प्लानेटेरियमलाई सञ्चालनमा ल्याउने बातावरण निर्माण गर्ने बताउँदै सबै क्षेत्रमा विज्ञान र प्रविधिलाई जोड्न सके राष्ट्रको विकास हुने विश्वास ब्यक्त गरे । मन्त्री थापाले क्यान मेलालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने, नेपालमै स्याटेलाईटको विकासको लागि पहल गर्ने र कम्तिमा पनि सात प्रदेशमा एक एक वटा विज्ञान प्रविधि अनुसन्धान केन्द्र बनाउनु पर्ने बताए । पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश साहले शिक्षामा डिजिटल प्रविधिको प्रयोग, आईसीटीलाई कृषिसँग जोडेर स्मार्ट किसान, स्वास्थ्य क्षेत्रसँग जोडेर ईहेल्थ र ई पर्यटन बनाउन सके डिजिटल नेपाल बन्ने विश्वास ब्यक्त गरे ।
कम्प्यूटर एशोसिएसन नेपाल महासंघका अध्यक्ष विनोद ढकालले मुलुकको विज्ञान प्रविधि नीति ठिक भए पनि त्यसको कार्यन्वयनमा समस्या भएको भन्दै राजनीतिक दलका नेताहरुलाई सूचना प्रविधिमा अभ्यस्त बनाउन सके यसको विकास सहज हुने दावी गरे । उनले विज्ञान प्रविधिको विकासको लागि राज्यले बृहद रोडम्याप बनाउनु पर्ने आवश्यकता औल्याउँदै स्मार्ट फोनको प्रयोग मनोरञ्जनको लागि मात्रै नभई देश विकास गर्न सम्भव रहेको तर्क गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण