शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

सेतो गुम्बाका भिक्षुणीहरुले पुरा गरे २५०० किलोमिटर साइकल यात्रा

मङ्गलबार, १९ माघ २०७२, १६ : २६
मङ्गलबार, १९ माघ २०७२
काठमाडौं–महिला सशक्तिकरणसहित पर्यावरण संरक्षण प्रति जनचेताना फैलाउने उद्धेश्यले ढ्रुक अमिताभ माउन्टेन (सेतो गुम्बा) रामकोट काठमाण्डौबाट गतमंसिर २ गते साइकल यात्रामा निस्केको २५० जनाको भिक्षुणीहरुको टोलीले २५०० किलोमिटर यात्रा पूरा गरेका छन् । भारतको विभिन्न शहर सहित धार्मिक स्थलहरुको समेत भ्रमणमा पुगेको टोली शनिवार बुद्ध जन्म स्थल लुम्बिनिमा आईपुगेको हो । आज बिहान साइकल यात्रीहरुको टोलिले लुम्बिनिमा रहेको मायादेविको मन्दिरमा पुजा पाठ गरि माया देवीको दर्शन समेत गरेको जानकारी लुम्बिनि विकाष कोषको सदस्य सचिव अजित मान तामाङले बताए । सो अवसरमा लुम्बिनि विकाष कोषले साइकल यात्रीहरुको टोलिलाई स्वागत समेत गरेका थिए । साइकल यात्राको आयोजना धर्म गुरु परम पावन ग्यालवाङ ढ्रुक्पा रिन्पोचेको नेतृत्वमा लिभ टु लभ ईन्टरनेशनलले गरेको हो । यात्राको क्रम विभिन्न धार्मिक स्थल हरुको दशर्न का साथै विश्व शान्तिको लागि पुजा पाठ समेत गरेको जानकारी टोलिको सदस्य भिक्षुणी जिग्मे तेन्जिले दिइन् । साइकल यात्रीहरुको टोलि भोलि काठमाण्डौमा आइपुग्ने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप