सिटिजन्स बैंकको थप एक शाखारहित बैंकिङ सेवा सञ्चालनमा
मङ्गलबार, १९ माघ २०७२, १६ : ३१
काठमाडौं–सिटिजन्स बैंक इन्टरनेसनले यु. के. एडको लगानीमा संचालित सक्षम –एक्सेस टु फाईनान्स कार्यक्रमको सहकार्यमा भुकम्प अति प्रभावित जिल्लाहरुमा शाखा रहित बैंकिङ्ग प्रणाली मार्फत वित्तिय पहुँच पु¥याउनको लागि दोलखा जिल्लाको सुस्माछमावती गा.वि.सबाट शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।
बैंकले सुस्माछमावती गा.वि.स, दोलखामा सेवा संचालनका लागि स्थानीय व्यवसायी ढाल बहादुर कार्कीलाई व्यवसायिक प्रतिनिधि चयन गरी उनलाई प्रमाणपत्र वितरण गरेको छ ।
यस बैंकको शाखा रहित बैंकिङ्ग सेवाको संख्या कुल ८० पुगेको छ । शाखा रहित बैंकिङ्ग सेवाबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवा संचालन सेवाको भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराई राखेको छ । यस सेवाबाट दुर्गम क्षेत्रमा समेत बैंकिङ्ग साक्षरतामा विस्तार भई उपभोक्ताहरु बैंकिङ्ग कारोवारमा आवद्ध हुने विश्वास बैंकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण