शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

गाउँमै रोकिए सन्त नेता पाठक

मङ्गलबार, १९ माघ २०७२, १७ : २७
मङ्गलबार, १९ माघ २०७२

डोटी–डोटीका पूर्ब पार्टी सभापति यज्ञराज पाठकले देउवा पक्षलाई सहयोग गर्ने कसम खान नमानेपछि क्षेत्रीय अधिबेशनको प्रतिनिधि बन्न रोकिएका छन् । देउवा पक्षीय कार्यकर्ताले देउवालाई सहयोग गर्छु भन्दै देबशिला छोएर कसम खाएमात्र प्रतिनिधि बन्न दिने सर्त राखेको नेता यज्ञराज पाठकले बताए । पाठकले भने “हाम्रो कार्यक्रम देबस्थलमा हुँदै थियो, केही कार्यकर्ता उठेर देउवालाई सहयोग गर्छु भनेर यो देबस्थलको शिला छोएर कसम खानुहोस् त्यसपछि मात्र हामी प्रतिनिधि बन्न दिन्छौँ भन्न थाले, मैले त्यो कुरा मानेन त्यसपछि उनीहरुले एकलौटी प्रतिनिधि छनौट गरे ।” नेपाली कांग्रेसको जिल्ला अधिबेशन प्रतिनिधि बन्न गृह गाबिस छतिवन पुगेका शन्त नेता भनेर चिनिने पाठकले भने “सहमतिका साथ जाउँ, मेरै गृहस्थानमा निर्वाचन नगरौँ भनेर मैले नै प्रस्ताब गरेको हुँ तर अन्तमा उहाँहरुले त्यस्तो सर्त राख्नु भयो मैले त्यो मान्ने कुरै थिएन ।” संस्थापन पक्षको राजनीति गरेका कारणले आफु प्रतिनिधि बन्नबाट र्रोिकएको पाठकले बताए । जिल्ला अधिबेशनमा जस्तो सुकै परिमाण आएपनि गाबिसबाटै प्रतिनिधि आउन रोक्ने कुरा राम्रो नभएको सभाषद् भरतबहादुर खडकाले बताए । लोकतान्त्रीक प्रक्रीयामा धेरै पुर्ब मन्त्री र सभाषद् समेत पराजित भएको नेपाली कांग्रेस डोटीका कार्यवहाक सभापति रामप्रशाद उपाध्ययले बताए । डोटी जिल्लामा पनि कांग्रेसको सास्थापन र देउवा पक्ष बिच प्रतिश्पर्धा भएको छ । दुबै पक्षको बराबरी प्रतिनिधी आएको नेपाली कांग्रेस डोटीका सचिब पदम रावतले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप