कास्कीका ९ ताल रामसार सूचीमा
पोखरा – पोखराको फेवासहित कास्कीका ९ वटा ताल अन्तराष्ट्रिय महत्वको रामसार सूचीमा सूचिकृत भएका छन् । साइटिस महासन्धि सचिवालयबाट आएको विज्ञहरूको टोलीले विश्व सिमसार दिवसका दिन आज ९ ताललाई रामसारमा समेटिएको औपचारिक प्रमाणपत्र प्रदान गरे । एसियाका लागि रामसारका सल्लाहकार डा.लिउ योङले बन तथा भूसंरक्षण मन्त्री अग्नी प्रसाद सापकोटालाई पोखराको फेवा सहित बेगनास, रूपा, खास्टे, गुँदे , नेउरेनी, दिपाङ , मैदी र कमलपोखरीलाई रामसार सूचीमा समेटेको आधिकारिक प्रमाणपत्र प्रदान गरेका हुन् । मन्त्री सापकोटाले स्थानिय विकास अधिकारी रामचन्द्र तिवारीलाई सो प्रमाणपत्र हस्तान्तरण गरे । कास्कीका नौ ताल रामसारमा सूचीकृत भएपछि नेपालबाट रामसार सूचिमा समेटिनेको संख्या १० पुगेको छ । कास्कीका ९ वटै ताललाई एउटै समूहमा राखिएको छ । यसअघि चितवनको बीसहजारी, सुनसरीको कोसीटप्पु, कैलालीको घोडाघोडी, कपिलवस्तुको जगदीशपुर, सोलुखुम्बुको गोक्यो, रसुवाको गोसाईँकुण्ड, मुगुको रारा, डोल्पाको शे–फोक्सुन्डो र इलामको माइपोखरी गरी नौवटा ताल रामसारमा समेटिएका थिए । बन मन्त्रालयका सचिव उदयचन्द्र ठाकुरका अनुसार अहिलेसम्म विश्वका १ सय ६९ देशबाट रामसार सूचीको संख्या २ हजार २ सय २२ पुगेको छ । पोखरा उपत्यकाका ९ ताल रामसारमा समेट्न पर्यटन मन्त्रालय मातहतको राष्ट्रिय ताल विकास समितिले गत वर्ष सम्भाव्यता अध्ययन गरेको थियो । नेपालबाट यसअघि सूचिकृत तालहरु राष्ट्रिय निकुञ्ज वा आरक्ष क्षेत्र भित्रका भएपनि कास्कीका ९ ताल पहिलोपटक स्थानिय निकायले ब्यबस्थापन गर्ने गरी रामसारमा समावेश भएका हुन् । कार्यक्रममा बन तथा भूसंरक्षण मन्त्री अग्नी सापकोटाले प्रकृतिको विनास र दोहन गर्नेलाई निरुत्साहित गर्नुपर्ने बताए । उनले प्राकृतिक महत्वका तालहरुको संरक्षणमा ध्यान दिन सबैसँग आग्रह गरे । रामसारमा समेटिएपछि तालको अन्तराष्ट्रिय महत्व एवं ख्याति बढ्ने अपेक्षा गरिएको छ । पछिल्लो अध्ययनअनुसार विश्वका ६१.८५ प्रतिशत बासिन्दाले जीविकोपार्जनको प्रमुख आधारका रूपमा सिमसार क्षेत्रलाई उपयोग गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण