शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

नुवाकोट कांग्रेसमा चुनावी सरगर्मी , रमेश महतको पक्षमा माहौल

मङ्गलबार, १९ माघ २०७२, १७ : ४६
मङ्गलबार, १९ माघ २०७२

काठमाडौँ- नेपाली कांग्रेस नुवाकोटको १३ औं अधिवेशन नजिकिँदै जाँदा चुनावी सरगर्मी बढेको छ । आगामी माग २५ गते हुने अधिवेशनका लागि रमेश महतले सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । सभापतिका लागि सांसद समेत रहेका बहादुर सिंह लामा र वर्तमान सभापति जगदीश्वरनरसिंह केसीले समेत उम्मेद्वारी दिने बताइरहेको बेला महतको पक्षमा माहौल बढेको नुवाकोट कांग्रेसका कार्यकर्ताहरु बताउँछन् ।

रामशरण महत, अर्जुननरसिंह केसी र प्रकाशशरण महत केन्द्रिय राजनीतिमा रहेको नुवाकोट कांग्रेसको अधिवेशनलाई यी दुई पक्षको प्रतिष्ठाको लडाईँको रुपमा समेत हेरिएको छ । रामशरण र प्रकाश शरण दाजुभाई हुन् भने रमेश उनीहरुका नाताले भतिजा हुन् । यस्तै जगदीश्वर अर्जुननरसिंहका भाई हुन् । यही विचमा सांसद तथा ठेकेदार बहादुर सिंह लामाले समेत सभापतिमा दाबेदारी प्रस्तुत गरेपछि नुवाकोट कांग्रेसको अधिवेशनमा कडा प्रतिश्पर्धा हुने आंकलन गरिएको छ । यद्यपी  चुनावसम्ममा बहादुर र महतपक्षबीच   मिलेर अघि बढ्ने समझदारी  बन्ने सम्भावना छ ।

अधिवेशन नजिकिँदै जाँदा तीनै जना सभापतिका दाबेदारहरुले कुनै पनि हालतमा पछि नहट्ने बताइरहेका छन् । तर, नेतृत्वमा जगदीश्वरले दुई पटक कार्यकाल लिइसकेको भएपनि पार्टीको हितका लागि खासै काम गर्न नसकेको तथा बहादुर योग्य भएपनि अर्का सभापतिका दाबेदार महत सांगठानिक, सामाजिक र राजनीतिक दृष्टिले योग्य रहेकाले उनले नै सभापतिमा बाजीमार्ने कांग्रेका कार्यकर्ताहरुको तर्क छ । यसबाहेक उनी युवा समेत भएकाले थप माहौल रहेको बताइन्छ ।

हुन पनि लामो समयदेखि रमेशले युवालाई पार्टीमा अघि बढाउर्नेमा लबिङ गर्दै आइरहेका छन् । यसैकारणले पार्टीभित्र युवाको प्रतिनिधित्व पनि बढ्दै गइरहेको छ । उनको सक्रियता र पार्टीभित्रको लगनशीलताकै कारण ११ औं अधिवेशनबाट उनी सर्वसम्बत क्षत्रीय सचिव बनेका थिए । यस्तै १२ औं महाधिवेशनमा सभापतिका दाबेदार उनले त्यतिबेला पनि क्षेत्रबाट ९०.६ प्रतिशत लोकप्रिय मत ल्याउँदै विल्ला सचिवमा पनि ६८ प्रतिशत मत ल्याएका थिए । उनी भन्छन्, ‘मैले क्षेत्रीय सचिव हुँदाखेरी नै युवाहरुलाई अघि बढाउनुपर्छ भन्दै आएको छु। अहिले युवाको पार्टीमा प्रतिनिधित्व पनि बढ्दै गएको छ ।’ अन्य प्रतिश्पर्धी पार्टीमा युवाको प्रतिनिधित्व बढ्दै गएको तर कांग्रेसमा भने बुढाहरुले नै ठाउँ ओगटी राख्दा प्रतिश्पर्धा गर्न गाह्रो हुने उनको बुझाई छ । उनको निरन्तरको प्रयासले गर्दा पार्टीभित्र युवाको प्रतिनिधित्व बढ्दै गएको मात्रै छैन कांग्रेसमा युवाको आकर्षण समेत बढ्दै गएको छ । युवालाई अघि बढाइएको र आफू पनि युवा भएको नाताले सभापतिमा आफू बलियो उम्मेद्वार रहेको उनी दाबी गर्छन् । यद्यपी आफू प्रचार भन्दा पनि परिणाममा विस्वास गर्ने भन्दै भने , ‘ प्रचार भन्दा पनि म परिणामा विस्वास गर्छु, त्यो २२ गते हुने क्षेत्रिय अधिवेशनले पनि प्रष्ट पार्छ ।’ भोट पाउने आधारहरु आफूले गरेका सामाजिक कामहरु, जनतासँग जोडिएका विषय र सांगठिनकतानै प्रमुख भएको भन्दै कार्यकर्ताले पनि त्यसलाई राम्ररी बुझेको निर्वाचन जित्नेमा आस्वस्त हुँदै उनले बताए । घुमाउरो शैलीमा केसी प्यानललाई संकेत गर्दै उनले केहि व्यक्तिहरु भने भ्रामक प्रचारमा लागेको आरोप लगाए । उनी भन्छन्, ‘अधिवेशन पार्टी र कार्यकर्ताको बीचमा हुने मतदान भएकाले उसले कस्तो काम गरेको छ, गुणदोष कस्तो रहेको छ भन्ने आधारमा भोट हाल्ने हो । पार्टीभित्र सकारात्मक काम गर्न सकेको खण्डमा नजिता पनि सकारात्मक आउँछ ।’ महत पार्टीको १२ औं महाधिवेशनबाट सचिव निर्वाचित भएपनि स्वतन्त्र ढंगले पार्टीभित्र काम गर्न सकेनन् । कारण– सभापतिको असहयोग । यद्यपी उनले नेतृत्वसँग कहिल्यै पनि गुनासो पोखेनन् बरु सकेजति पार्टीको लागि असहयोगकाबीच काम गरिरहे । विकास निर्माणका कामहरु गरिरहे। जनतासँग जोडिइरहे । यसले उनलाई लोकप्रिय बनायो । जनताको मन जिते। सोहि कारण अहिले १३ औं महाधिवेशनबाटसभापतिमा बलियो दाबेदारी प्रस्तुत गरिरहेका छन् । १२ औं महाधिवेशनबाट दुई प्यानल खडा भएको थियो । सभापतिको विरोधी प्यानलबाट उनी सचिवमा विजयी भएका हुन् । निर्वाचन नेतृत्व चयतनको प्रक्रिया हो र त्यसपछि नेतृत्वले सबैलाई मिलाएर लैजानुपर्ने भएपनि त्यसो हुन सकेन । स्वयम् रमेश भन्छन्, ‘ जसरी कार्यसमिति अघि बढ्नुपथ्यो त्यो हुन सकेन । उहाँ सानो घेराभित्र मात्रै सीमित हुनुभयो ।’ तर त्यो घेरामा उनी खुम्चिएनन् । सकेको जति पार्टीको निर्माण र चलायमान बनाउन लागिपरे । नेतृत्वको सहयोगकाबीच पनि पार्टीलाई चलायमान बनाउन र जनतासम्म पनि निरन्तर जोडिइरहेकाले उनी नुवाकोट कांग्रेसमा लोकप्रिय बनेको बताइन्छ ।

एक नगरपालिकासहित ६१ गाविस रहेको नुवाकोटमा रमेशको राम्रो प्रभाव रहेको रहेको जिल्लास्तरीय एक नेता बताउँछन् । तीन नम्बर क्षेत्रमा उनको बलियो उपस्थिति रहेको छ भने तीन नम्बरको दक्षिणि बेल्टमा पर्ने तारुका दाङसिं, बुधसिं, , खड्कभन्ज्याङ, लगायतका गाविसहरुमा राम्रो प्रभाव बन्दै गएको छ । यस्तै दुई नम्बरमा पनि विगतमा भन्दा राम्रो भएको बताइएो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप