अभिनासले ल्याए ओठको सहि छाप (भिडियो)
मङ्गलबार, १९ माघ २०७२, १७ : ५०
काठमाडौं – लोक पप फ्लेबरका गीत गाएर दर्शकको मनमा बस्न सफल गायक अभिनाश घिसिङले सातौं एल्बम ‘कन्ट्री साइड’को ‘ओठको सहि छाप’बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
सेलो र आरएण्डबी फ्लेबरको फ्युजन रहेको भिडियोमा उनले मोडल तथा ‘नोभेम्बर रेन’नायिका छुल्ठिम डोल्मा गुरुङसँग फिचरिङ गरेका छन् । नविन शेर्पा र सुसनको शब्द, संगीत रहेको गीतको भिडियोको निर्देशन सइन्द्र श्रेष्ठले गरेका हुन् । भिडियोमा हरि हुमागाईको छाँयाकन र प्रकाश तुलाधरको सम्पादन छ ।
‘एल्बमको सबै काम सकिएको छ, अब फागुन महिनामा सार्वजनिक गर्दैछु,’गायक घिसिङले भने,‘यसअघिका गीतजस्तै यो गीतलाई पनि श्रोता दर्शकले मनपराउनु हुनेछ भन्ने लागेको छ ।’ उनका अनुसार नयाँ एल्बममा ‘गाडी त जर्मनको’ बोलको पुरानो गीतलाई रिमेक गरिएको छ । यो गीतको अमेरिकास्थित क्यालिफोर्नियामा छायांकन गरिएको छ । सुरज शाहले निर्देशन गरेको भिडियोमा सुवासजी तामाङले मोडलिङ गरेका छन् । हाल सम्पादन चरणमा रहेको भिडियोको सम्पादन हिमाल श्रेष्ठले गरेका हुन् ।
घिसिङले २०५७ सालमा डेब्यु एल्बम ‘च्याङबा’ ल्याएका थिए । त्यसपछि २०५९ मा ‘जेनेरेसन डट एनपी’, २०६१ मा ‘जिरो प्वाईन्ट’ आयो । ‘जिरो प्वाइन्ट’को ‘सुनको बाला’, ‘ल्हासाको चिसोले’लगायतका गीत हिट भए । त्यसपछि २०६४ मा आएको एल्बम ‘हिल एरिया’मा रहेको ‘चम्पा’बोलको गीत र २०६७ मा आएको ‘सन अफ हिमालय’को ‘ज्यानलाई मैले’बोलको गीत हिट भए ।
उनले २०६६ मा काइरन नामक तामाङ भाषाको एल्बम पनि निकालेका थिए । सातौं एल्बमलाई भाइब्स क्रिएसनले उत्पादन गरेको हो ।
https://www.youtube.com/watch?v=1ne6skHKAQk
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण