शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

केपी ओली नेतृत्वको सरकार बदल्नु हुदैनः अध्यक्ष बिजुक्छे

बुधबार, २० माघ २०७२, २१ : १२
बुधबार, २० माघ २०७२
भक्तपुर– नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अहिलेको समयमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बदल्न नहुने बताएका छन् । आज भक्तपुरको ख्वप उच्च माध्यामिक विद्यालयको १६ आँै, ख्वप कलेजको १४ औँ र शारदा क्याम्पसको २५ औँ वार्षिकोत्सव तथा शैक्षिक प्रर्दशनीको उद्घाटन कार्यक्रममा उनले अहिलेको अवस्थामा वर्तमान सरकारलाई बलियो बनाएर लैजानुपर्ने धारणा राखे । बिजुक्छेले भने, “अहिलेको समयमा सरकार बदले देशमा अस्थिरता अझै बढ्छ, देश अझै बिग्रन्छ, अहिले सरकार बदल्ने कुरा गरेर सरकारलाई कमजोर पारेर विदेशीलाई सहयोग गर्नुहुदैन ।” सरकारको कमिकमजोरी भए कोठाभित्र बसेर छलफल गर्दै सरकारलाई कसरी बलियो बनाएर लैजाने भन्नेमा केन्द्रित हुनुपर्ने औल्याउँदै बिजुक्छेले बाहिर खुलेर बोल्नु गलत भएको टिप्पणी गरे । नेपाली काँग्रेसको महाधिवेशन लगत्तै वर्तमान सरकार ढालेर आफ्नो नेतृत्वमा सरकार गठन गर्न वर्तमान सरकार मै रहेका ठूलादलका नेताहरू सक्रिय रहेको उनको आरोप छ । कलेजमा आजैदेखि विद्यार्थीले बनाएका विज्ञान, प्रविधि, भूकम्प प्रतिरोधी घर तथा विभिन्न सामग्रीको शैक्षिक प्रर्दशनी सुरु भएको छ । १५० वटा स्टल रहेको प्रर्दशनी तीन दिनसम्म चल्ने छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप