शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौ–कुलेखानी–हेटौंडा सुरुङमार्ग निर्माण सम्पन्न गर्न मुख्य लगानीकर्ताहरु एकमत

बुधबार, २० माघ २०७२, २२ : ४५
बुधबार, २० माघ २०७२

काठमाडौं– नेपाल पूर्वाधार विकास कम्पनीले विधिवत दर्ता भई संचालित काठमाण्डौ–कुलेखानी–हेटौंडा सुरुङ्गमार्ग परियोजनाका सन्दर्भमा बाहिर आएका बिभिन्न बिषयहरुबारे आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । कम्पनीले लगानी नै नगरेका र बोर्डमा समेत अल्पमतमा रहेका व्यक्तिहरुको उक्सावटमा अराजक गतिबिधी भइरहेको भन्दै त्यसको पछि नलाग्न र सत्यतथ्य बिषयहरु बुझिदिन सम्बद्ध सबैमा अनुरोध गरेको छ । कम्पनीले काठमाण्डौ–कुलेखानी–हेटौंडा सुरुङ्गमार्ग परियोजना निर्माण सम्पन्न गर्न कम्पनीका सबै मुख्य लगानीकर्ताहरु एकमत रहेको समेत समेत स्पष्ट पारेको छ । कम्पनीले आज एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘ कम्पनीमा लगानी नै नगरेका र बोर्डमा समेत अल्पमतमा रहेका व्यक्तिहरुको उक्सावटमा भईरहेका यस्ता अराजक गतिबिधीको पछि नलाग्न र सत्यतथ्य बिषयहरु बुझिदिनुहनु सम्बद्ध सबैमा अनुरोध गरिन्छ । यस काठमाण्डौ–कुलेखानी–हेटौंडा सुरुङ्गमार्ग परियोजना निर्माण सम्पन्न गर्न कम्पनीका सबै मुख्य लगानीकर्ताहरु एकमत रहेको हुँदा कोही पनि लगानीकर्तालाई बिचलित नहुन आग्रह गरिन्छ । ’ कम्पनीले परियोजना बनाउने सन्दर्भमा केही बिशेष कारणहरुले गर्दा ढिलाई भएको भएपनि परियोजना सम्पन्न गर्ने गरी अघिबढिरहेको स्पष्ट पारेको छ । कम्पनीले केही दिनयता कम्पनीका शेयरधनी तथा बोर्ड सदस्य सभासद सुभासचन्द्र ठकुरी र कम्पनीमा कुनैपनि लगानी नरहेका बिज्ञ संचालक तथा उपाध्यक्षका रुपमा बोर्डबाट नियुक्ति पाएका लालकृष्ण केसीले पुर्व संचालक तथा हालका एरिया कोअर्डिनेटर राजुमान महर्जनलाई अघिसारी तथाकथित संघर्ष समितीको नाममा केही व्यक्तिहरुको भिड जम्मा गरी कम्पनीको कार्यालय घेराउ गर्ने, हुलदंगा गर्ने तथा अध्यक्ष कुशकुमार जोशी र उनका घरपरिवारलाई समेत धम्क्याउने गरेकोप्रति आश्चर्य व्यक्त गरेको छ । विज्ञप्तीमा भनिएको छ, ‘ यस सन्दर्भमा अध्यक्षले परियोजनालाई अघि बढाउन सहज होस् भनि मार्गप्रसस्त गर्न मिति २०७२ माघ १७ गते अध्यक्ष पदबाट संचालक समितीमा पेश गर्न भनि दिएको राजिनामाको शिलबन्दी खाम २ जना संचालक समेतको उपस्थितीमा जवरजस्त कम्पनी कार्यालय प्रबेश गरी कब्जामा लिई सार्वजानिक गरेको भत्सर्नायोग्य घट्नाबाट हामी स्तब्ध भएका छौं ।’ विज्ञप्तीमार्फत राजिनामाको बिषयमा निर्णय गर्न यही माघ २७ गते संचालक समितिको बैठक बोलाईएको पनि जानकारी दिइएको छ । यस्तै विज्ञप्तीमा कम्पनीको वित्तिय लेनदेनको बिषयमा कतिपय संचारमाध्यममा भ्रमपुर्ण कुराहरु आईरहेको भन्दै त्यसमा कुनै सत्यता नरहेको पनि प्रष्ट पारिएको छ । विज्ञप्तीमा भनिएको छ, ‘ परियोजनाको हालसम्म कुनैपनि औपचारिक तथा आपत्तिजनक वित्तिय दायित्व नभएको कुरा जानकारी गराईन्छ । कम्पनीमा प्रारम्भ देखीनै ईञ्जिनियरिङ्ग डिजाईन तथा कम्पनीको डिटेल प्रोजेक्ट रिपोर्ट र ईआईए काम गरेबापत फुल ब्राईट कन्सल्टेन्सीले हालसम्म ९ करोड ७ लाख (भ्याट बाहेक) भुक्तानी लिएको छैन ।’ बिधीपुर्वक संचालित पव्लिक कम्पनीमा नेतृत्व लगायतका बिषयहरुमा बिधी र प्रक्रियाबाट अघि बढ्न समेत आग्रह गरिएको कम्पनीका कर्पोरेट प्रमुख प्रा. डा. शुवर्णलाल बज्राचार्यले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप