शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

सप्तरीमा बम विस्फोट गराउने यादव पक्राउ

बिहीबार, २१ माघ २०७२, १० : ४८
बिहीबार, २१ माघ २०७२
सप्तरी– विभिन्न आपराधिक घटनामा संलग्न रहेको भन्दै प्रहरीले एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जिल्लाको फर्सेठ गाविस–३ निवासी सुरेन्द्रकुमार यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यादवले राजविराज नगरपालिका–५ निवासी महेशनाथ शर्मा लुइँटेललाई भारतीय मोबाइल नम्बरबाट आफू भगतसिंह पार्टीको कार्यकर्ता रहेको भन्दै रु ५० लाख फिरोती माग गरेको र मागेजति रकम नदिएपछि गत माघ १९ गते राति लुइँटेलको घरमा बम विस्फोट गराएको प्रहरी निरीक्षक सुरज खड्काले बताए । त्यस्तै यादवले गत माघ १ गते सप्तरीको कञ्चनरुप नगरपालिका–१ बस्ने उपेन्द्रप्रसाद साहलाई समेत भारतीय नम्बरबाट फोन गरी रु १० लाख २४ घन्टाभित्र फिरौती माग गरेको र नदिएपछि गत माघ २ गते साँझ साहको घरमा बम विस्फोट गराएको प्रहरी बताएको छ । पक्राउ परेका यादव अपहरण लुटपाट र विभिन्न आपराधिक क्रियाकलापमा संग्लन देखिएकाले उनीविरुद्ध मुद्दा चलाउने तयारी गरिनुका साथै थप अनुसन्धान भइरहेको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप