शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

बजेट नहुँदा जाजरकोटमा टेलिमेडिसीन सेवा वन्द

बिहीबार, २१ माघ २०७२, १३ : २१
बिहीबार, २१ माघ २०७२
जाजरकोट – यहाँको टेलिमेडिसीन सेवा विगत १० महिनादेखि बन्द भएको छ । टेलिमेडिसीन सेवा सञ्चालनका लागी आउने आवश्यक वजेट यो आर्थीक वर्ष २०७१÷७२ मा केन्द्रले उपलव्ध नगराएपछि सेवा वन्द भएको फोकल फाँटका भीमराज सिंहले जानकारी दिए । ५ वर्ष अघि यहाँका नागरिकलाई विशेषज्ञ सेवा प्रवाह गर्नका लागी स्थापना भएको यो सेवा जिल्लामा प्रभावकारी रुपमा सञ्चालन हुन मुस्किल परेको छ । टेलिमेडिसीनद्धारा जाजरकोटका विरामीको उपचारमा सहज ल्याउनका लागी यो सेवा सुरु गरिएको हो । यो मार्फत जाजरकोटको जिल्ला अस्पतालमा रहेको विरामीको अवस्था वारे सिधै केन्द्रमा वसेर डाक्टरले जाँच गरी यहाँका डाक्टरलाई उपचारमा सहयोग गर्ने भनी स्थापना भएको हो । अघेल्लो वर्ष मात्र यो सेवा मार्फत जाजरकोटका ४८जना विरामीको उपचार गरिएको सिंहले जानकारी दिनुभयो । नियमित १ लाख ५० हजार वजेट यो सेवाको लागी आउने गरेपनि यो वर्ष नआएका कारण टेलिमेडिसीन मार्फत दिईने सेवा यो आर्थीक वर्षमा हुन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप