शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

एकता विकास वैंक लिमिटेडको १२औं शाखा बीरेन्द्रनगर सुर्खेतमा

बिहीबार, २१ माघ २०७२, १४ : ०९
बिहीबार, २१ माघ २०७२

बुटवल–बुटवलमा केन्द्रीय कार्यालय रहेको क्षेत्रीय स्तरको एकता विकास बैंक लिमिटेडले आज देखि आफ्नो १२औं शाखा बीरेन्द्रनगर सुर्खेतमा संचालनमा ल्याएको छ ।

सुर्खेतमा आयोजीत एक कार्यक्रम बीच मध्य पश्चिमाञ्चल क्षेत्रिय उद्योग वाणिज्य संघका अध्यक्ष पदम वहादुर शाही र सुर्खेत उद्योेग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले संयुक्त रुपमा विरेन्द्रनगर शाखाको समुदघाटन गरे । कार्यक्रममा बीरेन्द्रनगरका स्थानीय उद्योगी व्यवसायी, समाजसेवी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रममा सिद्धार्थ डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रको समेत उपस्थिति रहेको थियो । वैंकले २०६८ कार्तिक ७ गतेवाट रुपन्देही, कपिलवस्तु र दाङ्ग गरी तीन जिल्लामा कार्य क्षेत्र रहने गरी कारोवार शुरु गरेकोमा ३ बर्षको छोटो अवधिमै नेपाल राष्ट्र वैंकवाट ७ जिल्ला थपको अनुमति प्राप्त गरी प्यूठान, रोल्पा, रुकुम, सल्यांन, सुर्खेत, वांके र कैलाली सहित १० जिल्लामा बैकिगं सेवा पुर्याई रहेको छ । बैंकले यही २०७२ फागुन भित्र सल्यान जिल्लाको श्रीनगर र थारमारेमा शाखा विस्तार गरि सक्ने लक्ष्य लिएको छ ।

वैंकको हालको चुक्ता पूंजी २२ करोड ७७ लाख ४० हजार रहेको छ । वैंकले समय सापेक्ष पूँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न निक्षेपकर्ता तथा लगानीकर्ताको हित संरक्षण एवं आधुनिक बैंकिङ्ग सुबिधालाई अझ प्रभावकारी ढंगले प्रदान गर्न सक्ने तुल्याउनकालागि काठमाण्डौमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेड र नेपाल आवास फाइनान्स लिमिटेड वीच एक आपसमा गाभ्न गाभिन सम्झौता पत्रमा हस्ताक्षर समेत भईसकेकोले २०७२ चैत्र भित्र संयुक्त कारोवार संचालन गर्ने लक्ष्य लिइएको छ । मर्जर पश्चात वैंकको कुल चुक्ता पूजी १ अर्व १४ करोड ४४ लाख ९० हजार पुग्ने, निक्षेप ११ अरव र कर्जा लगानी ९ अरव ५० करोड र कुल शाखा संख्या ३२ पुग्ने छ तथा कारोवारको हिसावले नेपालको ठुलो विकास वैंकको रुपमा स्थापित हुने छ । मर्जर पश्चात वैंकको नाम सिद्धार्थ डेभलपमेण्ट वैंक रहने छ ।

बैकले सर्व सुलभ तथा छिटो छरितो कर्जा प्रवाह गर्ने प्रणाली विकास गरी विपन्न वर्गकर्जा, कृषि तथा कृषिजन्य कर्जा, घर जग्गा खरीद तथा आवाश निर्माण, हायर पर्चेज, साना तथा मझौला उद्यम कर्जा, उद्योग तथा व्यपार कर्जा, व्यक्तिगत तथा सामाजिक कार्य कर्जाका साथै सुन चाँदी धितोमा समेत कर्जा प्रवाह गर्दै आएको छ । त्यसै गरी निक्षेपमा आकर्षक व्याज सहित विभिन्न निक्षेप योजना अन्तरगत उद्यमी बचत, दिदि–बहिनी बचत, बाल बचत तथा विभिन्न संस्थामा कार्यरत कर्मचारीहरुका लागि कर्मचारी बचत खाता सञ्चालनमा ल्याई निक्षेप स्विकार गरिरहेको छ ।

बैंकको हाल पौने ३ अर्व निक्षेप र करीव सवा २ अर्व कर्जा लगानीमा रहेको छ । स्थापना काल देखिनै नाफामा संचालित वैंकको निष्कृय कर्जा अत्यन्त न्यून रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप