शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

विपन्न बिरामीलाई कलाकारद्वारा इन्धन सहयोग

बिहीबार, २१ माघ २०७२, १५ : १६
बिहीबार, २१ माघ २०७२
भक्तपुर – अघोषित नाकाबन्दीले आम नागरिकको दैनिकी अप्ठेरो स्थितिमा बितीरहेको समयमा आर्थिक रुपमा विपन्न रहेको दुई बिरामीलाई एक उदयमान कलाकारले इन्धन सहयोग गरेका छन् । काभ्रे जिल्लाको देउपुर गैरबिसौनी घर भइ हाल भक्तपुरमा बसोबास गर्दै आइरहेका कलाकार दिपक डोटेलले मुटु रोगको उपचार र काधँको हड्डी फ्याक्चर भई उपचार गराइ रहेका आर्थिक रुपमा कमजोर बिरामीलाई ग्यास र पेट्रोल सहयोग गरेका हुन् । गंगालल हृदय रोग केन्द्रमा मुटु रोगको उपचार गरिरहेकी सिन्धुलीकी ३७ बर्षीय ईश्वरि माझिलाई सहयोग स्वरुप १ सिलिन्डर ग्यास र साथै मध्यपुर अस्पतालमा काधँको हड्डी फ्याक्चर भई उपचारत काभ्रेकी ५५ बर्षीय जुगु माया श्रेष्ठ लाई सहयोग स्वरुप १० लिटर पेट्रोल सहयोग गरेको उनले बताए । कलाकार डोटेलले हाल सम्म २ दर्जन भन्दा धेरै म्युजिक भिडियो तथा आधा दर्जन व्यवसायीक विज्ञापनमा अभिनय गरीसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप