आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हुम्ला जिल्लामा हिमपात, हवाई उडान बन्द

सोमबार, २५ माघ २०७२, १० : ०५
सोमबार, २५ माघ २०७२
हुम्ला  -  हुम्ला जिल्लामा आइतबार बेलुकादेखि एक्कासि हिमपात भएको छ । हुम्लाको सदरमुकाम सिमीकोटमा एक फिट हिउँ जमेको छ । अहिले परेको हिमपातले जौ र गहुँ बालीलाई राम्रो हुने स्थानीय बासिन्दाले बताएका छन् । भदौदेखि पानी नपरेकाले रुघा, खोकी र ज्वरोजस्ता रोग लागेको र अब हिमपातपछि यी रोगबाट मानिस जोगिने स्थानीय बासिन्दा बताउँछन् । हिमपातका कारण आज बिहानदेखि नेपालगन्ज र सुर्खेतका हवाई उडान बन्द भएका छन् । चिसो निकै बढेकाले यहाँको जनजीवन प्रभावित बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप