शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
राताेपाटी ब्रिफिङ

१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !

शनिबार, ०९ साउन २०८३, ०० : ००
शनिबार, ०९ साउन २०८३

सारांश

  • सरकारले 'जान्नेलाई छान्ने' नारालाई बेवास्ता गर्दै आफ्नालाई प्राथमिकता दिएको आरोप लागेको छ।
  • नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनपछि ध्रुवीकरण तीव्र बन्दै गएको छ।
  • सरकारी वकिल कार्यालयले दिएको निर्देशन प्रहरी कार्यालय वा प्रहरी अधिकारीले नमानेको घटना बाहिर आएको छ।

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।

१. ‘जान्नेलाई छान्ने’ बाचा, ‘आफ्नालाई तान्ने’ बाटोमा सरकार 

सरकार जान्नेलाई छान्ने, मेरिटोक्रेसी, खुला प्रतिस्पर्धा र कानुनी मापदण्डको नारालाई कुनै पनि मान्यता दिएको पाइँदैन । पात्र पहिल्यै तय गरेर प्रतिस्पर्धालाई नाटक बनाएको आरोप लागेको छ।

२. कांग्रेसभित्र ध्रुवीकरण तीव्र

नेपाली कांग्रेसभित्र ध्रुवीकरण तीव्र हुँदै गएको छ। विशेष महाधिवेशनले बढाएको विवाद पछिल्लो समय चरमचुलीमा पुगेको छ।

३. सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !

मुद्दा अभियोजनका सन्दर्भमा सरकारी वकिलको निर्देशन मान्नु प्रहरी कार्यालय वा पदाधिकारीको दायित्व हो, तर सरकारी वकिल कार्यालयले दिएको निर्देशन प्रहरी कार्यालय वा प्रहरी अधिकारीले मानेनन् भने के हुन्छ ?

४. बालेन सरकारविरूद्ध प्रचण्डको घेराबन्दी सूत्र  

विपक्षी चार वटा वामपन्थी दलहरूले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारविरुद्ध चौतर्फी दबाब सिर्जना गर्नुपर्ने निष्कर्ष निकालेका छन्।

५. वाम–लोकतान्त्रिक गठबन्धन बनाउन नेकपाको पहल 

नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले नेपाली कांग्रेस र नेकपा एमाले सहितको सत्ता सहकार्य गर्ने कि कुनै एक पक्षसँग मिलेर सरकारमा जाने विषयमा निरन्तर छलफलमा छ । 

६. महाराजगन्ज दुर्घटना 

काठमाडौँको महाराजगन्जस्थित प्रहरी वृत्त अगाडि शुक्रबार (आज) साँझ भएको सवारी दुर्घटनामा परेर इभी (विद्युतीय) माइक्रो बसका चालकको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।

७. ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक ! 

एक महिना अघि अर्थात् असार ७ गते प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले आफ्नो नेतृत्वको सरकारलाई ‘एक्सप्रेस वे’मा हिँडेको गाडीसँग तुलना गर्दै गन्तव्यमा नपुगी कुनै हालतमा नरोकिने बताएका थिए ।

८. प्रहरिको पत्रकार सम्मेलन

प्रहरीले अपराधमा संलग्न हुनसक्ने शंकित व्यक्तिहरूको ‘क्रिमिनल प्रोफाइलिङ’ तयार गरेको छ । 

 

 

९. नयाँ राजदूत नियुक्त गर्न नसकेको सरकार पुरानाको म्याद थपेर काम चलाउँदै 

विभिन्न १३ मुलुकका लागि सरकारले नेपाली राजदूत नियुक्त गर्न नसकेकै समयमा कार्यकाल सकिन लागेका केही राजदूतको म्याद थपेको छ।

१०. अदालत

नेपाल बाल सङ्गठन (बाल मन्दिर) को जग्गा र सरकारी बजेट बेइमानीपूर्वक व्यक्तिगत लाभमा प्रयोग गरी ठगी गरेको आरोपमा ८ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।

११. त्रसित ‘ब्रह्मपुरी’का बासिन्दा

उमेरले साढे ६ दशक पार गरिसकेकी जगमती देवी बैठा बागमती नदी किनारको बाँधमा टोलाएर बसिरहेकी थिइन् । उनको घर रौतहटको राजदेवी नगरपालिका ब्रह्मपुरी गाउँमा हो । घर पटक–पटक बाढीले डुबाइसक्यो । त्यसैले हरेक वर्षायाम सुरु भयो कि उनी तर्सिन्छिन् ।

१२. अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को मध्यावधि निर्वाचनमा डेमोक्र्याट उम्मेदवारहरूलाई निरन्तर ‘समाजवादी’ वा ‘कम्युनिस्ट’ भनेर आक्रमण गर्ने रणनीति अपनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप