बलात्कारीको लिङ्ग बोकेर महिला प्रहरी चौकीमा पुगेपछि...
नयाँ दिल्ली – भारतमा अचम्मको घटना घटेको छ । बलात्कारीको लिङ्ग बोकेर एक पिडित महिला आफैँ पुलिस चौकी पुगेकी छिन् । ३२ वर्षिय एक महिलाले आफ्नै बहिनीका श्रीमान्ले थुप्रै दिनदेखी आफूमाथि जर्बजस्ती गर्न खोजेको आरोप लगाएकी हुन् । भारतीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार सहन नसक्ने भएपछि उनले बलात्कारीको लिङग काटिदिइन् । उनले लिङ्ग नकाटेसम्म उक्त पुरुषको आक्रमण सहिरहनुपर्ने भएका कारण अन्तिम विकल्पका रुपमा यो कदम चालेको प्रहरीलाई बताएकी छिन् । पिडितको उजूरीपछि सिद्धी जिल्लास्थित चौरहट क्षेत्रमा प्रहरीले बिहिबार बिहान ६ बजे खानतलासी गरेको थियो । तर प्रहरीले उपचारका थाल्नुअगावै उक्त व्यक्ति झुण्डिएको अवस्थामा फेला परे । महिलाले आफ्ना श्रीमान् नासिकमा काम गर्ने भएका कारण बहिनी र उनको श्रीमान्सँग बस्दै आएको प्रहरी समक्ष बताएकी छिन् । ‘जब उसले ममाथि जर्बजस्ती ग¥यो । त्यसपछि मैलेँ पनि उसको लिङ्ग काटिदिए,’– महिलाले प्रहरीलाई दिएको बयानमा उल्लेख छ । महिलाले बलात्कारको आरोप लगाएका पुरुष भने घर नजिकै रुखमा झुण्डिएको अवस्थामा फेला परे । प्रहरीले हत्याको आशंकामा महिलालाई पक्राउ गरेको छ । स्थानिय प्रहरी अबिद खान भन्छन्–‘यो निकै दुलर्भ घटना हो । त्यसैले यसको आवश्यक छानविन हुदैँछ ।’ प्रहरीले महिलाको मानसिक स्थिती अझै सुदृढ रहेको र उनले आफूले गरेको गल्तिमा कुनै पश्चाताप नमानेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाजवादी कम्युनिस्ट पार्टी नेपालको महासचिवमा अशोक सुवेदी चयन
-
रोनाल्डो बने लगातार ६ विश्वकपमा गोल गर्ने पहिलो खेलाडी, पोर्चुगलद्वारा उज्बेकिस्तान स्तब्ध
-
शङ्खरापुरमा एक अर्ब ५१ करोडको बजेट पारित
-
चीनको सुपर कम्प्युटरले अमेरिकालाई पछि पार्दै बन्यो विश्वकै शक्तिशाली
-
कांग्रेसमा विवाद समाधानका लागि हुनै छोड्यो प्रयास, होल्डिङ सेन्टर खाली गर्न सुकुमबासीलाई अल्टिमेटम
-
फेवातालमा बेपत्ता युवकको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण