भोग्सले तोडे सचिनको १२ वर्ष पुरानो रेकर्ड
वेलिङटन– एडम भोग्सले सचिन तेन्दुल्करको किर्तिमान तोड्दै आउट नभई ५ सय रन जोड्ने पहिलो क्रिकेटर बनेका छन् । न्युजिल्याण्डविरुद्धको पहिलो टेस्टमा शतक बनाउँदै भोग्सले सो रेकर्ड बनाएका हुन् । अस्ट्रेलियाका भेटरान खेलाडीको यो पाँचौं टेस्ट शतक र लगातार तेस्रो शतक पनि हो । यसअघि डिसेम्बरमा उनले वेस्ट इन्डिजविरुद्ध २ सय ६९ र १ सय ६ रन बनाएका थिए । त्यति बेला पनि उनी आउट भएका थिएनन् । शनिबार १ सय २३ रन बनाउँदै उनले टेस्ट क्रिकेटमा आउट हुनअघि सबैभन्दा बढी रन बनाउने नयाँ किर्तिमान बनाए । १२ वर्ष अघि भारतीय ब्याटसम्यान सचिन तेन्दुलकरले आउट नभई ४ सय ९७ रन बनाएका थिए । सन् २००४ को जनवरीदेखि अप्रिलसम्म उनले २४१, ६०, १९४ र २ रन बनाउँदै उक्त किर्तिमान बनाएका थिए । भोग्सले दोस्रो दिनको खेल समाप्तिसम्मा नटआउट रहँदै १ सय ७६ रन बनाइसकेका छन् । अस्ट्रेलियाले आफ्नो पहिलो इनिङमा ६ विकेटको क्षतिमा ४ सय ६३ रन बनाएको छ । न्युजिल्याण्ड पहिलो इनिङमा १ सय ८३ रनमा सिमित बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण