पार्टी फुटाउन लागेको भन्दै उपेन्द्रको पार्टीबाट दुई केन्द्रीय सदस्य निष्काशित
काठमाडौं – संघीय समाजवादी फोरम, नेपालले केन्द्रीय सदस्य द्वय रिजवान अन्सारी र राजकुमार यादवलाई निष्काशन गरेको छ । पार्टीले शनिबार विज्ञप्ति जारी गर्दै अन्सारी र यादवलाई निष्काशन गरेको जानकारी दिएको हो । पदीय गरिमा र अनुशासनको उल्लंघन गर्दै पार्टी हित र नीति विरुद्ध पत्रपत्रिका र इलेक्ट्रोनिक्स मिडियाहरुमा पार्टी विरोधी अभिव्यक्तिहरु दिएको आरोप पार्टीले लागएको छ । त्यस्तै पार्टीको विरुद्धमा कथित सङ्घीय नव विचार समूह गठन गरी आफू संयोजक बनेको र पार्टी विधान विपरित पार्टीलाई घात पुग्ने ६ बुँदे माग पार्टीमा नबुझाई बाहिर सार्वजनिक गरेको आरोप समेत उनीहरुमाथि लगाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘पार्टी फुटाउने गुटगत क्रियाकलाप गरेको, पार्टीले पटक पटक मौखिक र लिखित स्पष्टीकरण माग्दा समेत जवाफ नदिएको, पार्टी एकीकरण विरुद्ध गएको, पार्टीको छानविन समितिलाई असहयोग गरेको, समायोजन कार्यमा पार्टीले गरेको निर्णय उल्लघंन गरेको आरोपमा पार्टीबाट निष्काशन गर्ने निर्णय यसै विज्ञप्ति मार्फत् सार्वजनिक गरिएको छ ।’
यता, शक्ति केन्द्रको इशारामा छुट्टै मुश्लिम पार्टी गठन गर्ने कार्यमा गोप्य रुपमा सक्रिय रहेका अन्सारीलाई फोरम नेपालबाट कारबाही गरिएको निर्णयलाई हिन्दु युवा जनशक्ति संघ नेपाल स्वागत गरेको छ । संघले अन्य पार्टीका उच्च महत्वाकांक्षी एवं धर्मभीरु मुश्लिम नेताहरुलाई तत्काल निष्काशन गर्न आह्वान समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण