बलात्कारको अभियोगमा कैद सजाय सुनाइएका फरार अभियुक्त पक्राउ
सिरहा – बलात्कारको अभियोगमा कैद सजाय सुनाएका एक फरार अभियुक्तलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । अदालतबाट कैद तथा जरिवाना सजाय भएका फरार अभियुक्तहरु को खोजतलास गर्ने अभियानअन्तर्गत उनी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सिरहा गोलबजार नगरपालिका – ४ वस्ने २२ वर्षीय रोशन कुमार सहानी रहेका छन् । उनलाई बलात्कार मुद्दामा २०७० साल माघ ६ गते २ वर्ष ५महिना ८दिन कैद सजाय भएको थियो । त्यस लगतै फरार रहेका सहानीलाई आफ्नै घरमा लुकिबसेको अवस्थामा पक्राउ गरिएको हो । उनीलाई जिल्ला अदालत सिरहामा पेश गरिएको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरिक्षक सन्तोष निरौलाले जानकारी दिए । त्यस्तै सिरहा जिल्ला अदालतबाट चोरी मुद्दामा कैद सजाय सुनाइएका अर्का एक अभियुक्त पनि २८ वर्ष पछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्ला सिरहा चन्द्रउदयपुर–२ वस्ने ४० वर्षीय बिराज महतो भन्ने बिरन महतो रहेका छन् । उनलाई अदालतले १ महिना १५ दिन कैद तथा १ हजार ४ सय २५ रुपैयाँ जरिवाना अदालतले सुनाएको थियो । उनीलाई जिल्ला अदालत सिरहामा पेश गरिएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
-
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन – सचेतक परियार
-
रोपाइँमा व्यस्त हुन थाले पूर्वआईजीपी खापुङ
-
विश्वकप : कुन टोलीको जर्सी उत्कृष्ट ?
-
न्यौपानेलाई एक भोट अन्तरले हराउँदै कास्की रास्वपा सभापतिमा अधिकारी विजयी
-
सरकारी निकायमा हुने गरेका सेटिङ’ र बिचौलियातन्त्र अन्त्य हुँदैछ – मन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण