क्षतिपूर्तिबारे छलफल भएपछि गण्डकपीडित खुसी
नवलपरासी - नवलपरासीका गण्डकपीडितका लागि क्षतिपूर्ति दिने विषयमा भारत सरकारमा बल्ल औपचारिक रुपमा विषय प्रवेश पाएपछि गण्डकपीडित खुसी भएका छन् । गण्डक बाँधका कारण भएको बालीनालीको क्षतिपूर्तिका विषयमा हालै ( फ्रेबु्रअरी ७ र ८ तारिक) मा काठमाडाँैमा भएको नेपाल र भारतका जलस्रोत विज्ञसहितको दुवै देशका सरकारी टोलीको छलफलमा सो विषयले औपचारिक रुपमा विषय प्रवेश पाएको थियो । यसरी पहिलो पटक नेपाल र भारतको सरकारी तहमा आँैपचारिक रुपमै पाउनुपर्ने क्षतिपूर्ति विषयले छलफल पाएपछि अब क्षतिपूर्ति पाउने आशामा गण्डकपीडित खुसी भएको जल अभियानकर्मी बद्री नेपालले बताए । नवलपरासीको गण्डकपीडितलाई भारतले क्षतिपूर्ति दिने विषयमा आँैपचारिक रुपमा पहिलो पटक विषय बनाएपछि गण्डक क्षेत्रका सर्वसाधारणमा खुसी छाएको हो । गण्डक बाँधका कारण नवलपरासीको– १३ गाविसमा वर्षौदेखिको करिब रु तीन अर्ब क्षतिपूर्ति पाउनुपर्ने गण्डकपीडितको दाबी रहदै आएको छ । तथ्याङ्क अनुसार आठ हजार ८६४ घरधुरीको गण्डक बाँधका कारण बालीनालीको करिब १० वर्षको क्षतिपूर्ति भारत सरकारसँग पाउनुपर्ने माग दाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण