भारत भ्रमणको एक महिनाभित्र प्रमको चीन भ्रमण : ज्ञवाली
म्याग्दी - नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी हप्ता हुन लागेको भारत भ्रमण दुई देशबीच उत्पन्न समस्यालाई सामान्यीकरण गर्न केन्द्रित हुने बताएका छन् ।
प्रेस चौतारी म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव ज्ञवालीले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणपछि दुई देशबीच उत्पन्न भएको असमझदारी हटेर सम्बन्ध सुदृढीकरण हुने विश्वास व्यक्त गरे ।
उनले प्रधानमन्त्री ओलीले एक महिनाभित्रनै चीनको पनि भ्रमण गर्नुहुने जानकारी दिए ।
मधेसी नेताको अनावश्यक हठका कारण पाँच महिनासम्म नेपाली जनताले दुःख पाएको उल्लेख गर्दै सचिव ज्ञवालीले केही दिनमा गठनहुने राजनीतिक समितिले तीन महिनाभित्र सीमाङ्कनको विवाद टङ्गो लगाउने बताए ।
नेपालमा जातीय राज्य तथा पहाड र मधेसलाई अलग गरिएको सङ्घीय व्यवस्था सफल नहुने ज्ञवालीले धारणा राखे । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण