एक करोडको लगानीमा कागज उद्योग
तनहुँ - जिल्लाको शुक्लागण्डकी नगरपालिका–३ साँखर निवासी सन्तोष सिग्देलले १० रोपनी क्षेत्रफलमा रु एक करोड लगानी गरेर नेपाली कागजको उद्योग खोलेका छन् ।
गत वैशाख महिनादेखि उद्योग स्थापना गरी सुरुवात गरेका सिग्देलले हाल दैनिक दुई हजारदेखि तीन हजारको ९ताऊ०सङ्ख्यासम्म नेपाली कागज उत्पादन हँुदै आएको उनले बताउनुभयो ।
तनहुँ जिल्लासँगै लम्जुङ, गोरखा, कास्की, चितवनमा समेत कागजको माग भइरहेकोले बजारको समस्या समेत नरहेको उनले उल्लेख गरे । गाउँघरमै पाइने बाबियो, अर्गेलीको बोक्र्रा, लोत्तालगायतको कच्चा पदार्थबाट नेपाली कागज बनाउने गरिएको छ ।
कच्चा पदार्थलाई भूस दाउराले पकाउने, कास्टिक सोडा राखेर त्यसलाई पखाल्ने, सफा गर्ने, त्यसपछि मिक्चरमा राखेर पेल्ने र पेलेपछि लेदो पदार्थ निस्कन्छ त्यस लेदोलाई भ्याक्ट बाकसमा हालेर कच्चा कागजको तह बनाउने र त्यसलाई झिकेर कपडाको जालीमा राखेर सुकाएपछि कागज तयारी हुने सिग्देलले जानकारी दिए ।
उक्त उद्योगमा एक हजार ९०० वटा कागज सुकाउने पाता राखिएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण