एक साताभित्र माओवादीवीच एकताको घोषणा हुन्छ : प्रचण्ड
काठमाडौं – एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले एक साताभित्र माओवादीहरुवीच एकताको घोषणा हुने बताएका छन् । २१ औं जनयुद्ध दिवसको अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले जनयुद्धकै दिवसका दिन एकता गर्ने भनिए पनि केही प्राविधिक तयारी नपुग्दा रोकिएको बताए । ‘हामीले फागुन १ गते नै एकताको घोषणा गर्न चाहेका थियौँ । तर, केही प्राविधिक तयारीका कारण पुरा भएन । अवको केही समयमा एकताको घोषणा हुन्छ ।’ प्रचण्डले भने,‘अबको केही समय भनेको केही महिना होइन । केही दिन पनि होइन । एक साता भनेको हो ।’ प्रचण्डले यस्तो एकताका लागि आफुले मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लव, मात्रिका यादव, मणि थापा लगायतसँग आफुले कुरा गरेको पनि बताए । जनयुद्ध दिवसका दिन सवै माओवादीका नेताहरुले एकताको पक्षमा सन्देश जारी गर्नु सकरात्मक रहेको पनि प्रचण्डले बताए । त्यसै गरि प्रचण्डले बाबुरामले अगाडि सारेको आर्थिक विकासको शैली गरिवलाई झन् गरिव र धनीलाई झन् धनी बनाउने खालको रहेको दावी गरे । उनले आफुहरुले अगाडि सारेको आर्थिक विकासको समाजवादी मोडल नै नेपालका लागि उपयुक्त रहेको बताए । त्यसैगरी कार्यक्रममा उपप्रधान एव्म उर्जा मन्त्री टोपबहादुर रायमाझीले माक्र्सवादको सबैभन्दा बढी अध्ययन गरेको दावी गर्ने बाबुराम माक्र्सवादबाटै विचलित भएको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण