जेएनुमा राष्ट्रविरोधी गतिविधि बढेको भन्दै डिग्री फर्काउने तयारीमा पूर्व विद्यार्थी
नयाँ दिल्ली – भारतको जवाहारलाल नेहरु विश्वविद्यालयका विद्यार्थीहरु नै पछिल्लो पटक भारत विरोधी भएपछि पूर्व विद्यार्थीहरु चिन्तित देखिएका छन् । सन् १९७८ मा यस विश्वविद्यालयअन्तर्गतको नेशनल डिफेन्स एकेडेमीबाट डिग्री लिएका केही विद्यार्थीहरुले विश्वविद्यालयमा यस्तै गतिविधि बढ्दै गए डिग्री फिर्ता गर्ने बताएका छन् । यस विश्वविद्यालयका भाईस चान्सलरलाइ ५४ औँ एनडिए कोर्सका एक सहभागिले पत्र लेख्दै भनेका छन्– ‘हामी सन् १९७८ को ब्याचका विद्यार्थीहरु साइन्स र आर्टस्मा यस विश्वविद्यालयबाट डिग्री हासिल गर्दा निकै खुसी थियौँ । तर आज अफजल गूरुको विषयलाई लिएर विश्वविद्यालयमा देखिएको अराष्ट्रिय भावनाले हाम्रो आत्मसम्मानमा ठेस पु¥याएको छ । हामी अहिलेका विद्यार्थीहरु पढेको कलेजमा पढ्ने विद्यार्थी हौ भनेर गर्व गर्नसक्ने अवस्था छैन् । त्यसैले यस्ता विद्यार्थीहरुको विश्वविद्यालयमा जोडिदाँ हाम्रो अपमान भएको छ ।’ पत्र लेख्ने व्यक्तिले अहिलेका विद्यार्थीहरुले गरेको क्रियाकलापले विगतमा राम्रो काम गर्ने विद्यार्थीहरुको स्वाभिमानमा ठेस पु¥याएको बताएका छन् । उनले भनेका छन्–‘हामी ५४ औँ एनडिए कोर्सका गौरवान्धित तथा राष्ट्रवादी सेवकहरुलाई अराष्ट्रिय गतिविधि हुने यस विश्वविद्यालयसँग जोडिन अफ्टेरो भइरहेको छ । त्यसैले हामीले प्राप्त गरेको पुरस्कार तथा डिग्री फकाउन बाध्य छौ ।’ जेएनयूमा भारत विरोधी नारा लागेपछि शुक्रबार दिल्ली पुलिसले विद्यार्थी यूनियनका अध्यक्ष कन्हैयाकुमारलाई अपराधिक क्रियाकलापको आरोपमा पक्राउ गरेको थियो । जेएनयूमा भारत विरोधी नारा लागेको गृहमन्त्री राजनाथसिंह र अर्का केन्द्रिय मन्त्री स्मृति इरानीले बताएका थिए । कुमार पक्राउ परेपछि जेएनयूका विद्यार्थी तथा शिक्षकहरुले प्रहरीलाई धन्यवाद दिएका थिए । मंगलबार क्याम्पसमा भएको विरोधसभामा भारतको विरोध गरिएको थियो । सन् २००१ मा फाँसी दिइएको काश्मिरका महोमद्ध अफजल गूरुको विषयलाई उठाएर विद्यार्थीहरुले भारतको विरोध गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण