ताइवानमा आएको भूकम्पबाट मर्नेको संख्या १०८ पुग्यो
ताइपेन - ताइवानमा गत फेब्रुअरी ६ तारिखमा गएको भूकम्पमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १०८ पुगेको छ । सो शक्तिशाली भूकम्पबाट शनिबार बिहान ७ बजेसम्म १०८ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ९ जना बेपत्ता भएका छन् ।
स्थानीय समयानुसार फेब्रुअरी ६ का दिन बिहान ३ः५७ मा गएको सो भू्कम्प ६.७ रिक्टर स्केलको मापन गरिएको थियो । तर स्थानीय अधिकारीहरूले भने यो ६.४ रिक्टर स्केलको मात्र भएको जानकारी दिएका थिए । चिनियाँ नयाँ वर्षको दुई दिनआगाडि मात्र उक्त शक्तिशाली भूकम्प गएको थियो ।
ताइवानमा रहेको एक अपार्टमेन्ट भवनबाट २८१ जना उद्धार गरिएको छ । भूकम्प गएको एक हप्तापछाडि पनि सो भवनमा अझै पनि नौ व्यक्ति वेपत्ता रहेका छन् ।
उद्धारकर्ताहरुले अझै पनि बेपत्ता भएका व्यक्तिको खोजी कार्य जारी राखेका र तर गत सोमबारयता जिवितै व्यक्ति भने उद्धार नभएका बताएको छ ।
ताइवानमा सन् १९९९ मा गएको ७।६ को भूकम्पमा परी करिब दुई हजार ४०० व्यक्तिको मृत्यु भएको थियो । रासस÷एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण