नेपालका ७ हजार नागरिक अझै कन्दमूलको भरमा, ४२ जिल्लामा खाद्य संकट
पोखरा – नेपालका ७ हजार नागरिक अझै जंगलको कन्दमूलमा वाँच्ने गरेको एक अध्ययनले देखाएको छ । वनका गिठा, भ्याकुर, जंगली जनावर, लगायतका वन पैदावार खाएर उनीहरुको ज्यान धानिएको तथ्याङले देखाएको हो । यहाँका ४२ प्रतिशत नागरिक कुपोषणमा रहेका छन् । अझै देशका ४२ वटा जिल्लामा खाद्य संकट भएको समेत तथ्याङकमा उल्लेख छ । नेपाल पर्मा कल्चर समूहको आयोजनामा शनिवारदेखि पोखरामा सुरु भएको “दीगो विकासको लागि प्राङगारिक कृषिको प्रवद्र्धन” विषयक दुई दिने राष्ट्रिय भेलामा सो तथ्याङक प्रस्तुत गरिएको हो । सो अवसरमा कार्यपत्र प्रस्तुत गर्दै नेपाल कृषि वन पैदावार संघका अगुवा सुवासचन्द्र देवकोटाले प्राङ्गारिक खेतीको लागि वन पैदावार आवस्यक रहेको बताए । अहिले देशमा कृषि र वन दुवै एक आपसमा विरोधी जस्तो देखिएका कारण प्राङ्गारिक उत्पादनमा सोचेजस्तो प्रगति हुन नसकेको उनको भनाई छ । यहाँको ५.५ लाख हेक्टर जमिन जंगल रहेको र नेपालमा १८ हजार सामुदायिक वन रहेकोले पनि प्राङ्गारिक उत्पादनमा यसको भूमिका उल्लेख्य हुने उनले दावी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण