अफगानिस्तानका पूर्वगभर्नर अपहरित
शनिबार, ०१ फागुन २०७२, १७ : ३६
इस्लामाबाद - अफगानिस्तानको हेरात प्रान्तका पूर्वगभर्नर इस्लामाबादको एक बजारमा अपहरणमा पर्नुभएको पाकिस्तानी प्रहरीले शनिबार जानकारी दिएको छ । पूर्वगभर्नर सयेद फज्लुल्लाह वाहिद शुक्रबार साँझमा अपहरणमा पर्नुभएको हो । वाहिद शुक्रबार साँझ आफ्नो नातीसँग एक रेष्टुरातर्फ जाँदै गर्दा अज्ञात व्यक्तिहरुले अपहरण गरेका प्रहरी स्रोतले जानकारी दिएको छ । एक प्रहरी अधिकारीले नाम बताउने शर्तमा एएफपी समाचार समितिलाई सो जानकारी दिएको छ । सो अपहरणको सुचना वाहिदका नातीले प्रहरीलाई दिएका जनाइएको छ । वाहिद बेलायती प्रवेशआज्ञा आवेदनको लागि इस्लामाबाद पुग्नुभएको थियो । ‘पूर्वगभर्नरको अपहरणको मुद्दा दर्ता गरेका छाँै र अनुसन्धान जारी रहेको छ’ इस्लामाबादका प्रहरी प्रवत्ता उल कमारले एएफपी समाचार समितिलाई बताउनुभएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण