भोली हुने भनिएको अनेरास्ववियुको निर्वाचन सोमबारमात्र हुने
काठमाडौँ - नेकपा एमालेले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुको नयाँ नेतृत्व चयनका भोलि हुने भनिएको निर्वाचन प्रक्रिया पर्सि सोमबारमात्र हुने भएको छ ।
युनियनका प्रवक्ता आरसी छामिछानेका अनुसार आज मतदातालाई कार्ड वितरणको कार्य भइरहेको छ भने निर्वाचन समितिले मतदानका लागि आवश्यक काम सुरु गरिसकेको छ ।
उनले भने – “देशभरिबाट एक हजार ५०० मतदाता रहेका छन् । यति ठूलो सङ्ख्याका मतदाताको सबै प्रक्रिया पूरा गरी मतदान पर्सि १०-११ बजेबाट मात्र सुरु हुनेछ ।”
युनियनको जारी २२औं अधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ । अध्यक्ष पदका लागि युनियनका वर्तमान उपाध्यक्ष दीपक गौतम र महासचिव नवीना लामाले उम्मेदवारीको घोषणा गरेका छन् ।
आज नै नेकपा एमालेले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्व चयनका लागि सात सदस्यीय समिति गठन गरेको छ ।
नेकपा एमालेले पार्टीका सचिव गोकर्ण विष्टको अध्यक्षतामा रवीन्द्र अधिकारी, खिमलाल भट्टराई, राजेन्द्र राई, ठाकुर गैरे, श्रीप्रसाद साह र किशोरविक्रम मल्ल सदस्य रहेको समिति गठन गरी निर्वाचन प्रक्रियामा सहयोग गर्न दिर्नेशन दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण