जुनियर स्कुल प्रिन्सेस २०१६ को आवेदन फारम खुल्ला
काठमाडौं – विगत चार वर्षदेखि सिजन मिडियाले आयोजना गर्दै आइरहेको ‘जुनियर स्कुल प्रिन्सेस’ प्रतियोगिताको पाँचौं संस्करढाका लागि आवदेन फारम खुल्ला गरिएको छ । आवेदन फारम चैत्र १५ गते सम्म भरिसक्नुपर्ने र चैत्र १६ गते मंगलवार पहिलो चरणको छनौट सञ्चालन गरिने सिजिन मिडियाले जनाएको छ ।
आयोजक संस्थाका अध्यक्ष प्रदीप राज वन्तका अनुसार प्रतियोगीहरुको प्रशिक्षण १७ चैतबाट सुरु हुनेछ । उनीहरुलाई तीन सातासम्म व्यक्तित्व विकाश सम्बन्धि विभिन्न प्रशिक्षण दिईने छ । बाल उपायोगी प्रशिक्षण सम्बन्धि विज्ञबाट गराईने पनि वन्तले जानकारी गराए । जुनियर स्कुल प्रिन्सेस–२०१६ को फिनाले २०७३ साल ११ बैशाखमा हुनेछ । प्रतियोगिताको विजेतालाई जुनियर स्कुल प्रिन्सेस–२०१६ की वितेजाले मिनि ल्यापटप, मोवाईल, साईकल लगायतका विभिन्न उपहार प्रदान गरिने वन्तले जानकारी दिए । यस्तो सह विजेता र उप विजेताले पनि विभिन्न उपहार पाउने छन् । प्रतियोगितामा विभिन्न विधामा उपाधि पनि रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण