ट्रायथलनमा नेपाललाई कांस्य
शनिबार, ०१ फागुन २०७२, १७ : ५०
गुवाहाटी– भारतमा जारी बाह्रौं दक्षिण एसियाली खेलकुद ‘साग’ मा ट्रायथोलनको महिला डिसिप्लिनमा रोजा केसीले कांस्य पदक जितेकी छिन् । गुवाहाटी स्थित ईन्दीरागान्धी एथलेटिक्स स्टेडियममा शनिवार भएको प्रतिस्पर्धामा उनले कांस्य जितेकी हुन् । निर्धारित दुरी रोजाले एक घण्टा १६ मिनेटमा पूरा गरेकी थिईन् । नेपालकी अर्की प्रतिस्पर्धी यमकुमारी घले पाँचौं स्थानमा रहिन् । उनले निर्धारित दुरी एकघण्टा २० मिनेट २९ सेकेन्डमा पुरा गरिन् । महिला ट्रायथोलनमा पौडी सातसय मिटर, साइक्लिङ २० किलोमिटर र पाँच किलोमिटर दौडमा प्रतिस्पर्धा भएको थियो । यस स्पर्धामा स्वर्ण र रजत भारतले जितेको छ । स्वर्ण जितेकी भारतकी पल्लबी रेतिवालले एकघण्टा ११ मिनेट ५७ सेकेन्डमा दुरी पूरा गरेकी थिईन् । भने रजत विजेता पूरा चौरसियाले एकघण्टा १२ मिनेट ३६ सेकेन्डमा दुरी पूरा गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण