राष्ट्रवादीभन्दा बढी दलाल हाबी भए : बादल
बीरगन्ज – नेकपा क्रान्तिकारी माओवादी पार्टीका केन्द्रिय महासचिव राम बहादुर थापा बादलले मुलुकमा रहेको शासनात्मक स्वरुप परिवर्तन भई नया शक्तिले शासन सत्ता सम्हाले पनि राष्ट्रवादी चिन्तनभन्दा दलालवादी चिन्तन हाबी भएकाले मूलुकको विकास नभएको बताएका छन् । वीरगंजमा शनिबार सम्पन्न २१ औं जनयुद्ध दिवस र नेपालको राजनैतिक परिवर्तन विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपा क्रान्तिकारी माओवादी पार्टीका केन्द्रिय महासचिव बादलले त्यस्तो धारणा राखेका हुन् । बिभिन्न योजना , सपना र विकासका सम्भावना बोकेर नेकपा माओवादीले सशस्त्र आन्दोलन सुरु गरेको सम्झना गर्दै महासचिव बादलले त्यस बेलाको चिन्तन पूर्ण सफल नभएको तर केही महत्वपूर्ण उपलब्धी हासिल गरिएको बताए । उनले जनयुद्धले केही ऐकाधिकारलाई चिर्न सफल भए पनि त्रुटीपूर्ण सम्झौताहरु, दलालवादी शासकको मानसिकता र प्रवृति कायम रहेको दाबी गरे । कम्यूनिष्टरुको न जात , न धर्म , न भूगोल केही नहुने सबै कम्यूनिष्ट मात्र हुने भएकाले जातीय , क्षेत्रिय नभई वर्गीय हितलाई ध्यानमा राखेर मूलुकको विकासका लागि लाग्नु पर्नेमा उनले जोड दिए । अन्तरक्रिया कार्यक्रममा प्रध्यापक एंव वीरगन्ज पब्लिक कलेजका निर्देशक डा.दीपक शाक्य , प्रध्यापक डा. विश्वम्भर शर्मा, नेकपा क्रान्तिकारी माओवादी पार्टीका सल्लाहकार राम आश्रय राम ‘दिवाकर’, नेकपा क्रान्तिकारी माओवादी पार्टी पर्साका सह सेक्रेटरी बालेश्वर दहैत थारु, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जारा लगायतले आ–आफ्नो विचार रखेका थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण