किमको सफाया गर्न दक्षिण कोरियाली सांसद्को माग
सोल – दक्षिण कोरियाको सत्तारुढ पार्टीका सांसद हा ते क्यूंगले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनको हत्या गर्नुपर्ने बताएका छन् । उनले किम जोङको हत्याबीना न्यूक्लियर हतियारको प्रयोग बन्द नहुने अभिव्यक्ती दिएका छन् । ति सांसद्ले किम जोङलाई सद्धाम हूसैनलाई जस्तै गरी मृत्युदण्ड दिनुपर्ने बताए । स्थानिय एक रेडियो स्टेशनलाई अन्तरवार्ता दिने क्रममा क्यूंगले भने–‘हरेक व्यक्ति तानाशाह किम मारिएपछि खुसी हुनेछन् ।’ दक्षिण कोरियासँग उनको हत्या गर्ने थुप्रै अवसर रहेको पनि उनले बताए । राष्ट्रपति पार्क गुएनले किमको हत्याका लागि विशेषगरी अमेरिका र जापानजस देशसँग सहयोग माग्नुपर्ने उनलेब बताए । ‘ यो इराकी तानाशाह सद्धान हूसैनको विरुद्धमा अमेरिकाले गरेको कारबाही जस्तै हुनेछ । किम जोङ अपराधी हुन् । यस्ता अपराधीलाई मार्नुपर्छ र यो अन्तर्राष्ट्रिय कानून विपरित पनि होइन,’ उनले भने ।
दक्षिण कोरियाली राष्ट्रपतिका बाबुलाई मार्ने षड्यन्त्र स्थानिय मिडियाका अनुसार दक्षिण कोरियाका राष्ट्रपति पार्कका बाबु पाक चुंग हीको हत्या गर्नका लागि उत्तर कोरियाले कमसे कम दुई पटक प्रयास गरेको उनको दाबी छ । १९६८ मा राष्ट्रपति निवास ‘ब्यू हाउस’ मा ३० पूरुष कमान्डोले छापा मारेका थिए । उत्तर कोरियाले चौथो पटक आणविक परीक्षण गरेपछि कोरियाली प्रायद्धिपमा तनाव छ । चेतावनीका बाबजुद मिसाइल परीक्षण ७ फेब्रअरीमा उत्तर कोरियाले लामो दुरीको मिसाइल लन्च गरेको थियो । उत्तर कोरियाली अधिकारीहरुले यसलाई ‘अर्थ अब्जर्भेशन स्याटेलाईट लन्च’ भनेका थिए । तर, अमेरिका, दक्षिण कोरिया र जापानसहितका ठूला देशले यो मिसाईल परिक्षण गरेको बताए । यसअघि नयाँ वर्षको सुरुआतमा उत्तर कोरियाले हाइड्रोजन बम परिक्षण गरेको थियो । उत्तर कोरियाले ६ जनवरीमा किम जोङ उनको जन्मदिवसका अवरमा हाइड्रोजन बम परिक्षण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण