काँग्रेस चितवनको सभापतिको निर्वाचन सोमबार
चितवन - नेपाली काँग्रेस चितवनको सभापति पदमा पहिलो चरणमा ५० प्रतिशत मत कुनै पनि उम्मेदवारले प्राप्त गर्न नसकेपछि रोकिएको निर्वाचन प्रक्रिया पर्सि सोमबार सुरुहुने भएको छ ।
पार्टीका सभापति सुशील कोइरालाको निधनका कारण गत मङ्गलबार पुनः निर्वाचन गर्ने तालिका रहे पनि स्थगन भएको थियो ।
सहायक निर्वाचन अधिकृत धु्रव पोखरेलका अनुसार सोमबार बिहान ११ देखि १ बजेसम्म सभापति पदका लागि मतदान हुनेछ । पहिलो चरणमा सभापति पदका उम्मेदवार जीतनारायण श्रेष्ठले ४१५ मत, दिनेश कोइरालाले २१३ मत, प्रकाश अधिकारीले १५१ मत, विजय भुसालले ३८ मत र देवेन्द्र गुरुङले ३३ मत प्राप्त गरेका थिए ।
पचास प्रतिशत कटाउन श्रेष्ठलाई ३२ मत अपुग भएपछि श्रेष्ठ र कोइरालाका बीचमा पुनः मतदान हुन लागेको हो । नेपाली काँग्रेस चितवनका ८९९ जना प्रतिनिधिले मतदान गर्दैछन् । सचिव र जिल्ला समिति सदस्य पदको मतगणना पनि सभापतिको निर्वाचनपछि गरिने पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण