साउदी अरबमा बिचल्ली परेका कामदारलाई खाद्यान्न सामग्री
साउदी अरब - काम गरेको तलब नपाउँदा साउदी अरबमा बिचल्ली परेका नेपाली कामदारको राहतका लागि एक नेपालीले व्यक्तिगत रुपमा खाद्यान्न सामग्री सहयोग गरेका छन् ।
रुपन्देही, भलबारी घर भई हाल साउदीको एक कम्पनीमा कार्यरत शुकुचन शाक्यले व्यक्तिगत रुपमा करिब रु ३० हजार बराबरको खाद्यान्न सामग्री प्रदान गरेका हुन् ।
साउदीको साद सह्मी अल हजारी कम्पनीमा कार्यरत करिब ३०० नेपाली कामदार भोकभोकै बस्नुपरेको समाचार बाहिर आएपछि शुक्रबार दमाममा रहेको उक्त कम्पनीको क्याम्पसमै पुगेर शाक्यले खाद्यान्न सामग्री सहयोग गरेका हुन् ।
शाक्यले एक क्विन्टल २० केजी चामल, १५ केजी कुखुराको मासु, १५ केजी आलु, १५ केजी प्याज, १५ लिटर तेल, १५ केजी गोलभेँडा, १५ केजी गोभी, तरकारी, पेय पदार्थलगायतका खाद्यान्न सामग्री प्रदान गरेका हुन् ।
तलब नपाएकै कारण नेपाली भोकभोकै बस्न नपरोस् भन्ने उद्देश्यले मानवीय सहयोगस्वरुप खाद्यान्न सामग्री सहयोग गरेको शाक्यले बताउनुभयो ।
चार महिनादेखिको काम गरेको तलब नपाउँदा उक्त कम्पनीमा कार्यरत करिब ३०० नेपाली बिचल्लीमा परेका हुन् । पीडित नेपालीको राहतका लागि यहाँ रहेका नेपाली सङ्घसंस्थाले पनि खाद्यान्न सामग्री सहयोग गर्ने क्रम जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो – प्रधानमन्त्री बालेन
-
४ सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र
-
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन – सचेतक परियार
-
रोपाइँमा व्यस्त हुन थाले पूर्वआईजीपी खापुङ
-
विश्वकप : कुन टोलीको जर्सी उत्कृष्ट ?
-
न्यौपानेलाई एक भोट अन्तरले हराउँदै कास्की रास्वपा सभापतिमा अधिकारी विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण