रोनाल्डोको गोलको मद्दतले १० खेलाडीमा सिमित रियल विजयी
म्याड्रिड – पोचुगिज स्टार क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले एथ्लेटिको बिल्बाओलाई पराजित गर्दै रियल म्याड्रिडले शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दुरी १ अंकमा घटाएको छ । यस सिजन लिगमा २० औं गोल गर्दै रोनाल्डोले खेलको दुई मिनेटभित्र घरेलु टोलीलाई अग्रता दिलाए । तर, त्यसको केही बेरमा नै ह्याभियर इरासोले गोल गर्दै बिल्बाओलाई बराबरीमा फर्काए । खेलको ३७ औं मिनेटमा हामेज रोड्रिग्वेजले गोल गर्दै रियललाई पुनः अग्रता दिलाए । त्यसपछि टोनी क्रुसले अर्को गोल थप्दै रियलको अग्रता दोब्बर बनाए । खेलको ८३ औं मिनेटमा दोस्रो पहेँलो कार्ड खाँदै डिफेन्डर राफायल भरान बाहिरिए पनि त्यसको चार मिनेट पछि रोनाल्डोले अर्को गोल थप्दै रियलको जीत सुनिश्चित गरे । अन्तिम मिनेटमा गोर्का इलुस्टोन्डोले एक गोल फर्काए पनि त्यो सान्तवना गोलमात्र बन्न पुग्यो । जीतसँगै रियल लिगको दोस्रो स्थानमा उक्लेको छ । यद्यपि बार्सिलोना र एथ्लेटिको म्याड्रिडले आइतबार खेलेपछि तालिकामा फेरबदल हुनसक्छ । नयाँ प्रशिक्षक जिनेदिन जिदानको नेतृत्वमा रियल हालसम्म अपराजित रहेको छ । उता, नयाँ प्रशिक्षक ग्यारी नेभिलले पनि १० खेलपछि भ्यालेन्सिलाई लिगमा पहिलो जीत दिलाएका छन् । भ्यालेन्सियाले इस्पानियोललाई २–१ गोलअन्तरले पराजित गर्यो । भ्यालेन्सियाको जीतमा एल्भारो नेग्रेडो र डेनिस चेरसेभले गोल गरे । ओस्कार डुराटेको गोलको मद्दतले खेलमा अग्रता भने इस्पानियोलले लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
-
मन्त्रालय एउटै, मन्त्रीको पदबहाली दुई ठाउँमा
-
समुद्रको गहिराइमा जापानले खनन परीक्षण गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण