हङकङबाट मधेशी र जनजातिलाई सरकारविरुद्व सँगै मैदानमा उत्रिन उपेन्द्रको आह्वान
हङकङ–सङ्घीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले आदिवासी जनजातिलाई मधेशी समुदायसँग मिलेर सरकार विरुद्धको लडाईंमा सँगै मैदानमा उत्रिन आह्वान गरेका छन् । मधेशी, आदिवासी जनजाति, थारु, दलित, महिला, मुश्लिम, सीमान्कृत र वर्षौदेखि उत्पीडनमा परेका समुदायलाई पहिचान र अधिकार नदिने सरकारको चक्रव्यूह तोड्न अब हिमाल, पहाड र तराईबाट एक साथ आन्दोलनको आँधीबेरी उठ्ने उनले चेतावनी दिए । नेपालका प्रथम शहीद लखन थापा मगरको १३९औँ स्मृति दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघले हङकङमा आयोजना गरेको अन्तक्र्रियालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै यादवले उत्पीडित र शोषित समुदायलाई ‘फुटाउ र राज गर’ को नीति सरकारले अख्तियार गरेकोले मधेशी र जनजाति सँगै मिलेर संघर्षलाई उत्कर्षमा पु¥याउनुको विकल्प नरहेको बताएका छन् । ‘मधेशी र जनजाति समुदायको उत्पीडिन, समस्या, दुःख र माग उस्ता उस्तै छन्’,– मिलेर संघर्षमा उत्रिने बेला आइसकेको भन्दै अध्यक्ष यादवले भने, ‘विभेद र उत्पीडन विरुद्धको जारी संघर्षमा दुवै समुदाय मिल्नैपर्छ ।’ अबको आन्दोलन हिमाल, पहाड र तराईबाट एक साथ उठ्ने दाबी गर्दै फोरम नेपालका अध्यक्ष यादवले भने, ‘पहिचान र अधिकार प्राप्तिको त्यो आन्दोलनले सरकारलाई घुडा टेकाउँछ, ढुक्क हुनुस् ।’ हिमाल, पहाड र तराईको समान पीडा बुझेर नै आफूहरुले तीन वटा पार्टी मिलेर एकता गरेको उनले बताए । ‘हामीले हिमाल, पहाड र तराईलाई जोडेर राष्ट्रिय एकता र अखण्डतालाई बलियो बनाउन चाहेका छौं तर कांग्रेस र एमाले लगायतका पार्टीहरुले विभिन्न समुदायको एकता र सद्भावलाई खण्डित गर्न चाहन्छन्’– उनले भने । कुनै पनि मधेशी वा जनजातिले राष्ट्रिघाती सन्धी सम्झौता नगरेको दाबी गर्दै यादवले भने, ‘राष्ट्रिय एकता र अखण्डतामा सँधै घात गर्दै आएका पार्टी र नेताहरुले मधेशी र जनजातिलाई अधिकारबाट बञ्चित गर्ने षड्यन्त्रमा लागेका छन् ।’ परिवर्तनको आडमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्ताधारी एमालेसहित विभिन्न दलहरुले विगतमा राजा फर्काउने खेलमा लागेको उनले आरोप लगाए । उनले भने, ‘गणतन्त्रलाई संस्थागत गर्न परिवर्तन विरोधी कुनै पनि षड्यन्त्रलाई हामी सफल हुन दिन्नौं ।’ मोर्चाको निर्णय बेगर विरगञ्ज सीमा नाका षड्यन्त्रमूलक ढंगले बलप्रयोग गरी खुलाइएको दाबी गर्दै उनले व्यक्तिगत स्वार्थमा लागेका र मिसन वा भिजन नभएका नेताहरुले गर्दा देशको अवस्था यस्तो आएको बताए । राणा शासन विरुद्ध आन्दोलन गरेर ज्यानको आहुति दिने वीर शहीद लखन थापाको योगदानबारे अध्यक्ष यादवले खुलेर प्रशंसा गरेका छन् । शहीद थापाको स्मृति दिवसमा सरीक हुन शनिवार राति यादव हङकङ प्रस्थान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
-
मन्त्रीविरूद्ध प्रदर्शन गर्ने विद्यार्थीहरू रिहा
-
सोमबार नागढुंगा सुरुङमार्गको उद्घाटन हुने
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण